दंगीशरण गाउँपालिकाले मनायो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

दंगीशरण, २५ फागुन ।
‘महिलामा लगानि : सभ्य र समुन्नत समाजको थालनि’ भन्ने उदेश्यका साथ दंगीशरण गाउँपालिकाले ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको बिशिस्ट आथित्यतामा नारी दिवस मनाएको हो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले असक्तहरुलार्इ शसक्त बनाउने उदेश्यका साथ गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनुभयो । बिगतका वर्षहरुको तुलनामा अहिलेको अवस्थामा महिला शसक्तिकरणमा वृद्धि भएको बताउनुभयो । महिलाहरुमा हरेक कुरा लगनशीलता ,इमानदारीता,हुने भएकाले महिलाहरुको राज्यको हरेक मुल प्रवाहमा ल्याउन ससक्तिकरणको माध्यमवाट अगाडी बढाउन विभिन्न कार्यक्रमहरु ल्याएको अध्यक्ष गिरीले बताउनुभयो । पछिलो समयमा अगाडीका परम्परागत सस्कारहरु लोप हुदै गएकोप्रती पनि चिन्ता ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले महिलाहरूको हक हितका लागी सदैव आफ्नो आवाज बुलन्द गर्न महिला दिदीबहिनीहरुलार्इ आग्रह गर्नुभयो । महिला आन्दोलन र शसक्तीकरणका कारण केहि हद सम्म पनि अधिकार पायको र त्यसैको प्रतिफल स्वरुप महिलाहरु हरेक ठाउँ–ठाउँमा रहेको बताउनुभयो ।


नारीदिवसको अवसरपारी आयोजना गरेको विभिन्न कार्यक्रमहरु मध्य हाजिरी जवाफ प्रतियोगितामा वडा नं. ३ प्रथम, वडा नं. ५ द्वितीय, वडा नं. ४ तृतीय र वडा नं. ६ सान्त्वना भएका छन् । गीत र कविता तर्फ दिलमाया केसी, प्रथम सुनिता केसी द्वितिय ईश्वरी कडेल तृतीय र कमला वली सान्त्वना भएका हुन् ।

कार्यक्रममा कुर्सी दौड र घैटाफोर प्रतीयोगिता समेत समावेश गरीएकोथियो । कार्यक्रममा दिल कुमारी विक, हिरा चौधरी, नमुना लामिछाने,आसिका बिक,आर के सितल लगायतले आ–आफ्नो भनाइ राख्नुभएकोथियो ।

महिला वालवालिका साखा प्रमुख सुन कुमारी घर्तीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद साखाकी उमा केसीले गर्नुभएकोथियो ।