नयाँ पाइला हाक्ने‘सुरेश’

विहानै ४ बजेको उठ्छन्, हातमुख धुन्छन् । चिया खान कार्यक्षेत्रमै प्रवेश गर्छन् । नजिकै कोठा लिएर बसेका छन्, त्यसैले पनि उनलाई आफ्ना् संस्थालाई समय दिन्छन् । विहान चियादेखि बेलुकाको खानासम्म संस्थामै खान्छन् । यसको अर्थ उनी संस्थालाई नै धेरै समय दिन्छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमेमा सञ्चालित नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सरेश भुषाल । जो उक्त संस्थालाई चलायमान बनाउन दिनरात खट्ने गर्छन् ।‘म विहान उठेदेखि साँझ १०/११ बजेसम्म संस्थालाई नै समय दिन्छु’,उनले भने‘त्यसैले नै यो संस्था अहिले उदाहरणीय बनेको छ।’

उनी आफै पनि पूर्व दुव्र्यसनी पनि हुन् । आफू जसरी दुब्र्यसनीमा फसेर सुध्रिए, त्यसपछि उनले दुव्र्यसनीमा फस्दा जीवन नै बर्बाद हुन सक्ने थाहा पाएपछि आफै दुव्र्यसनीमा फसेकालाई सुधार गर्ने प्रणः लिए, र आफू पनि पुर्नस्थापना केन्द्रमा जोडिए । उनी २०७१ सालदेखि यसरी पुर्र्नस्थापना केन्द्रमा जोडिएका हुन्, केही बर्ष यता उनले श्रीमतिलाई पनि पनि यही पेशामा आबद्ध बनाएका छन्। शिक्षकको जागिर छोडेर अहिले ‘फ्याम्ली काउन्सिलर’को रुपमा कार्यरत छिन् ।

सुरेश भुषाल २०७१ सालमा जतिबेला पुर्नस्थापना केन्द्रमा जोडिए,त्यतिबेला पुर्नस्थापना केन्द्रहरु ‘सिस्टम’मा थिएनन् । दुव्र्यशनीहरुलाई भित्र ल्याउने र कुटपिट गर्ने र पठाउने प्रबृति थियो । यो प्रबृतिलाई अन्त्य गरेर पुर्नस्थापना केन्द्रहरु सुधार गृहजस्तो बनाउनु पर्छ, भन्ने उनले योजना बनाए र आफै उनी सुधार गृहमा जोडिए । त्यसयता उनी निरन्तर रुपमा सेवामा खटिइरहेका छन् । ३ महिना पुर्नस्थापना केन्द्रमा बसेपछि उनी आफै नयाँ पाईला पुनस्र्थपना केन्द्रमा जोडिएका हुन् । दाङमा पहिले भैरव युवा सशसक्तिकरण केन्द्र भन्ने थियो । पछि त्यसैलाई नयाँ पाइला पुर्नस्थापना कन्द्र नामकरण गरिएको हो ।

२०७१ सालमा स्थापना भएको उक्त संस्था साबिक राप्ती अञ्चलकै जेठो संस्था हो । संस्थाले अहिलेसम्म एक हजार बढिले उपचार पाइसकेका छन्, भने २० हजार बढिले परामर्स लिन सफल भएका छन् । अहिले साबिक राप्ती अञ्चलमा सञ्चालनमा आएका अधिकांस पुर्नस्थापना केन्द्रको पनि अभिभावकत्व गर्दै आएको छ ।‘हामीले जति पनि यहाँ बसेर पुर्नस्थापित भएर जानुहुन्छ, उहाँहरुलाई समाज सुधार अभियानमा लाग्न प्रेरित गर्छौ’,उनले भने‘सोही अनुसार उहाँहरुले नै पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याउदै आउनु भएको छ, अहिले राप्ती अञ्चलमा जति पनि पुर्नस्थापना केन्द्र सञ्चालनमा छन्, अधिकांसमा हामीले नै काउन्सिलिङ गरेर पठाएकाहरु छन् ।’ अहिले आफूले नै सुधार गरेर पठाएका १८ भन्दा बढिले आफ्नै पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याएको उनी बताउछन् ।

अहिले पनि संस्थामा दिवा सेवा सहित ३७ जना रहेका छन् । संस्थाले उपचारसंगसंगै शारिरीक, मानसिक, सामाजिक, अध्यात्मिक, व्यबहारिकलगायतका परामर्स दिने गर्छ ।‘हाम्रो मुख्य उद्देश्य भनेको विग्रिएका युवा पीढीलाई जोगाउने नै हो’,उनले भने‘धेरै युवाहरु कुलतमा फसेर आफ्नो उर्जाशिल समयलाई खेर फालिरहेका छन्, बच्चा उमेरमै दुव्र्यशनीमा फसेका छन्, उनीहरुलाई जोगाउने हाम्रो प्रमुख उद्देश्य हो ।’ संस्थाले पैसा कमाउने भन्दा पनि सेवालाई बढि महत्व दिएको छ । पुर्नस्थापना केन्द्रबाट गएपनि ३÷३ महिनामा निःुशल्क रुपमा परामर्स गर्ने र डाक्टरको शूल्क पनि नलाग्ने निर्देशक भुषालले बताए । त्यस्तै डाक्ट उनका अनुसार त्यहाँ निःशुल्क रुपमा दुव्र्यसनीमा फसे/नफसेको थाहा पाउनकालागि ल्याब परीक्षण समेत गर्ने गर्ने गरिएको छ ।


पछिल्लो समय गाँजा, ट्याब्लेट नै बढि प्रयोग गर्ने गरेको पाईएको छ । अभिभावकहरुले कुनै निगरानी नगर्दा पनि युवाहरु यसरी विग्रिने गरेको भन्दै यसमा युवाहरु नै सचेत हुनुपर्ने उनी बताउछन् । प्रायः १५/१६ बर्षदेखि नै दुव्र्यशनीमा फस्ने गरेको भन्दै यसमा अभिभावकहरु सचेत हुनुपर्ने उनले बताए ।‘पछिल्लो समय दुव्र्यशनीमा फस्नेको तथ्यांक डरलाग्दो छ’,उनले भने‘१५/१६ बर्षका युवाहरु बढि दुव्र्यशनीमा फस्ने गरेका छन् ।’ १५ बर्षमै दैनिक ४/५ खिल्ली गाँजा खाने गरेको भेटिएको छ । दुव्र्यशनीमा फसेर धेरै कुरा गुमाईसकेपछि मात्रै अभिभावकहरु सम्पर्कमा आउने गरेको उनी बताउछन् ।

नयाँ पाइलामा दाङका मात्रै नभइ रुकुम,रोल्पा, सल्यान,प्यूठान, बुटवल, कैलाली, बाँके, बर्दियालगायतका सेवा लिन आउने गर्छन् । संस्थाले मेला, पर्व होस्, या अन्य कुनै सांस्कृतिक कार्यक्रम होउन्, सबै स्थानमा पुगेर सचेतना प्रदान गर्दै आएको छ । अहिलेसम्म २५ हजार भन्दा बढि अभिभावकलाई सचेतना प्रदान गरिसकेको निर्देशक भुषालले बताए । अहिले उक्त संस्थामा ११ जनाको कार्यसमिति छ ।

आफ्नै भवन बनाउने लक्ष्य

अहिले नयाँ पाइला भाडाको भवनमा सञ्चालित छ । अहिले मासिक ४० हजार भाडा तिर्ने गरेको निर्देशक भुषालको भनाई छ । अब आफ्नै भवन निर्माण गर्ने योजना अनुसार आफू बसेको उनले बताए ।‘हामीले सुविधासम्पन्न भवन निर्माण गर्ने र भित्रै बिभिन्न खेलकूद खेल्न मिल्ने खालको भवन निर्माण गर्ने तयारीमा छौं’,उनले भने ।साभारः अग्रिम साप्ताहिक

May be an image of 7 people, people standing and text