विजौरीमा ट्राफिक सचेतना तथा अन्तरक्रिया

तुलसीपुर, ८ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ विजौरीमा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाईटी विजौरी उपशाखाको आयोजनामा शनिबार उक्त अन्तरक्रिया भएको हो । उपशाखा सभापति बालकृष्ण रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधव वलीको प्रमुख आातिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि वलीले ट्राफिक नियम सबैले पालान गर्नुपर्ने बताए । ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिम बढेको उनको भनाई थियो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सम्भु धितालले ट्राफिक नियम पालना गर्नु र गराउनु सबैको दायित्व भएको बताए । उनले नागरिकले पनि ट्राफिक नियम पालनाकालागि सहयोग गर्नुपर्ने बताए ।


दुर्घटना भएको ब्यक्तीलाई तत्काल उपचारकालागि पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो । दुर्घटना भएमा घाइतेलाई उपचारकालागि प्रहरी कुर्दा मृत्यु हुन सक्ने भन्दै तत्काल उपचारको प्रबन्ध मिलाउन सहयोग गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा तुलसीपुर १९ का अध्यक्ष प्रेमनाथ योगीसहित राजनीतिक दलका प्रतिनिधि, स्थानीय स्तरका संघसंस्थाका प्रतिनिधिहरुले आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण मुकेश वलीले गरेका थिए ।