श्रीमणीको सम्झना : कहिले नमेटिने श्रद्धाका डोवहरु

श्रीराम चौधरी
म कक्षा ४ मा पुग्दा वि.स. २०४२ सालमा श्रीमणी सरसित परिचय भएको हो । उहाँले हामीलाई त्यसबेला स्वास्थ्य पढाउनु हुन्थ्यो । उहाँको व्यक्तित्व, शारिरिक सुगठन, मृदु भाषा, सहयोगी र अत्यन्त मिलसार वानीबाट म पहिलो भेट मै प्रभावित भएको हुँ । मैले दशौ वर्षसम्म अमर मा.वि.उरहरीमा अध्ययन गर्दा खानपिन, बसउठ र घरायसी समस्याका बारेमा सोध्ने र पढाईमा जहिले पनि हौसला दिने एक मात्र सर हुनुहन्थ्यो उहाँ ।

श्रीमणी आचार्य

अरु सरहरुको गृहकार्य गरेको नगरेको सित मात्र सम्वन्ध हुन्थ्यो । उहाँबाट नै मैले मान्छे कसरी धनी र गरिब बन्छन भन्ने थाहा पाएको हुँ । अर्को कुरा गरिव र धनी विचको खाडलवारे बुझ्न मेरै आर्थिक अवस्थाले वाध्य बनाएको थियो ।
नवौं कक्षामा प्रवेश गर्दा घरको आर्थिक अवस्था झन–झन झर्झर हुँदै थियो । अव वुवाले घरव्यवहार संचालन गर्न अलि–अलि ऋण लिन थाल्नु भएको थियो । एक त वुवाको स्वास्थ्य पनि धुम्रपान र मादक पदार्थ सेवनले दयनिय हुँदै थियो ।भने अर्कोतिर पारिवारिक चिन्ता र ऋणले उहाँलाई थिचेको थियो । म आफै पनि अत्यन्त घायल र निरह महसुस गरिरहेको थिएँ ।

यस्तैमा २०४७ साल चैत्र ११ गते स्कूलमा नेपाल जुनियर रेडक्रस सर्कलको चुनाव भयो र साथीहरुले मलाई निर्विरोध अध्यक्ष पदको लागि उम्मेदवार छान्नु भयो र मैले पहिलो पटक रेडक्रसले आयोजना गरेको निगुवार मा.वि. हापुरमा भएको ३ दिने दैविकप्रकोप उद्धार गोष्ठीमा सहभागी हुने मौका पाएँ । त्यस बेला शिक्षक नायक श्रीमणी सर हुनुहुन्थ्यो । उहाँसितको सर सल्लाहले स्कूल नजिक वस विसौनी वनाइयो । एउटा सामुहिक चिया पसल पनि वनायौं । यसका अतिरिक्त प्रत्येक विद्यार्थीबाट नगदेवाली तोरी उठाएर एउटा पत्रिका निकाल्ने योजना बन्दै थियो तर तत्कालिन स्कूल प्रशासनले शिक्षक नायक श्रीमणी शर्माले राजनिति गरेको मिथ्या आरोप लगाएर उक्त जिम्मेवारीबाट अपदस्त ग¥यो र उक्त पदमा टेक बहादुर मल्ललाई राख्यो तर उहाँले तुलनात्मक रुपमा कुनै ठोस कदम चाल्न सक्नु भएन । यसै वर्ष भू तथा जलाधार संरक्षण विभागले मा.वि.स्तरिय “डालेघाँस” निवन्ध प्रतियोगिता आयोजना ग¥यो ।

उक्त प्रतियोगितामा पनि मैले भाग लिएँ र उक्त प्रतियोगिता प्रथम भै एउटा अंग्रेजी नेपाली साझा शब्दकोष, एउटा सामान्य ज्ञान, एउटा चुडामणी ग्रामर, एउटा नोटवुक र एउटा चाइनिज पेन लगायत थुप्रै अध्ययन सामाग्री समेत गरि करिव रु.५०००(पाँचहजार) वरावरको पुरस्कार र सम्मान प्राप्त गरे । यसले मेरो उत्साह अझैं बढ्यो । मैले पढाईका अतिरिक्त वादविवाद र हाजिरी जवाफ प्रतियोगितामा पनि भाग लिएँ र म सम्लग्न रहेको समूह कहिले पनि पछि परेन पुरस्कार नै प्राप्त गथ्र्यो । कहिले कापि, कहिले कलम र कहिले क्याल्कुलेटर पुरस्कार मैले पाईरहें । अन्तमा वि.सं.२०४७ सालमा पनि म नवौं कक्षामा प्रथम भएँ र सम्मान प्राप्त गरें । यसरी प्रतिकुल परिस्थितिका वावजुद पनि मलाई सफलता मिल्दै गयो ।

म दशौं कक्षामा प्रवेश गरें । हुन त कक्षा पिच्छे नै मैले पुरस्कार र प्रमाण–पत्र प्राप्त गरि नै रहन्थे । यसका अतिरिक्त प्रत्येक कक्षाको शुल्क माफीको सुविधा पनि पाउँथे । तर पनि मलाई कापि, मसी र जाँच शुल्कको खर्च जुटाउन धौ धौ पथ्र्यो । साँच्चै नै दशौं कक्षाको अध्ययन मेरो लागि अग्नी परीक्षा जस्तै थियो ।

मैले आवश्यक कापी जुटाउन नसकेर एकपटक लेखेको कापीलाई धोएर तीन पटकसम्म लेखेर गुजारा चलाएँ । मलाई एस.एल.सी. तयारीको लागि टिउशन गर्ने पैसा थिएन । राम्रा पुस्तक गाइड किन्न पैसा थिएन । ममा खाली आत्म विश्वास थियो । म भौतिक सम्पत्तिमा निरिह नै थिएँ । मलाई पनि राम्रो नम्वर लिएर एस.एल.सी.पास गर्नु मेरो आन्तरिक इच्छा थियो । मलाई पनि टिउशन पढ्ने, राम्रा–राम्रा पुस्तक पढ्ने ठूलो इच्छा थियो तर के गर्नु साथमा एक कच्ची पनि थिएन । यसरी आधारभूत पुस्तक मात्रै किनेर वाँकी गाइड, प्रश्न संगालो साथीहरुको सापटी लिएर पढ्ने गर्थे । सबै साथीहरु घर छाडेर टाढा–टाढा वजारमा गएर टिउशन पढ्न थाले । म भने घरमै रन्थनिए । मैले खुव मिहिनेत गरेर पढ्न थाले ।

यसले मलाई एकातिर जस्तोसुकै अप्ठेरो परिस्थितिलाई पनि सामना गर्ने वानीको विकास भयो भने मैले समाजमा धनी वर्ग र गरिव वर्ग, शोसक र शोसित, उच्च र निम्न, शिक्षित र अशिक्षित आदिवारे वुझ्न सकें । मैले अव मेरो वाँकी जिवन भनेकै पिडित पक्षको मुक्तिको लागि हुनु पर्छ । मैले शोसित, पिडित, दलित र अपहेलित वर्गको लागि पढेर केही गर्नु पर्छ भन्ने सोंच्न थाले । वास्तवमा मेरो पढाइको मूल लक्ष नै त्यहि हुनु पर्छ भन्ने स्वयंमा जागृति पैदा भैसकेको थियो ।

श्रीमणी सरको समिप्यता र संगतले थप आत्म विश्वास पैदा गरेको थियो । कक्षा ४ देखि परिचित भएको मेरो श्रीमणी सरसितको सम्वन्ध वि.सं.२०४७ मा आइ पुग्दा निकै झागिसकेको थियो । उहाँ शिक्षक नायक हुनुहुन्थ्यो म जु.रे.स अध्ययक्ष । उहाँबाट नै मैले वर्ग विश्लेषण र गरिवको राजनितिबारे साक्षर हुने मौका पाएँ । उहाँ नै मेरो पहिलो राजनैतिक गुरु हुनु हुन्छ । पछि उहाँसितकै सम्बन्धले नै म राजनितिक रुपमा निर्दोष व्यक्तिलाई “कट्टर कम्युनिष्ट” भन्ने पगरी गाउँका ठूला–ठालु, शोषक, जमिन्दार र दलालहरुले लगाई दिए । त्यसवेला गाउँमा मलाई सबैले कम्युनिष्ट भनेर खिसी गर्न र खिल्ली उडाउन थालिसकैका थिए । वास्तवमा म यसवेलासम्म राजनितिको “र” भन्ने पनि थाहा थिएन ।

मेरा गुरु श्रीमणी शर्मासितको सम्बन्धले नै मलाई कम्युनिष्ट भनी हेप्ने कार्य शुरु गरिएको थियो । मलाई अनेकन झुठ्ठा आरोप लगाई डर, धम्की देखाएर कम्युनिष्टको संगत छोड्न दवाफ दिइन थालियो । वास्तवमा म कुनै पार्टी सदस्य वा कार्यकर्ताको रुपमा लगाइने आरोप होस लगाइने सबै आरोप र अनुमान मिथ्या थिए । तथापि म शोषक र जमिन्दारी प्रथा सबैको विरोध गर्ने गरेकोले उनीहरुको अनुमान हो न हो साँच्चिकै जस्तो भान पर्न जान्थ्यो ।

मलाई दशौं कक्षामा अध्ययन गर्दा अनेक प्रकारका दवाफहरुको सामना गर्नु प¥यो । हाम्रो जमिन्दार रामकृष्ण शर्माले मैले कित श्रीमणी शर्माको संगत छाड्नु प¥यो नत्र भने हामीले वटैया (अधिँया) लगाई रहेका जग्गा कमाउन नदिने धम्की वारम्वार वुवा र म स्वयंलाई पनि दिन थाले । साथै गाउँका ठकूरीहरुले पनि डर, धाक र धम्की दिएर मलाई श्रीमणी शर्मासितको संगत छुटाउन हरदम लागि नै रहे । कसैले तेरो टाउको फोर्छु भने र कसैले टाउको काट्छम समेत भन्न चुकेनन् । तर म मेरा आदरनिय गुरु श्रीमणी शर्माको छत्रछायाँमा आफूलाई निर्भिक, अटल र साहसीको रुपमा पाएँ । म अटल रहें र आत्मविश्वासका साथ अगाडि बढि रहें ।

अव मेरो पढाई किताव (पाठ्य पुस्तक) मा मात्र सिमित रहेन । श्रीमणी सर कै सहयोग, सल्लाह र उत्प्रेरणाले मैले विभिन्न दर्शनका कितावहरु पनि अध्ययन गर्न थाले । मैले जति कितावहरु अध्ययन गरे पनि मेरो पाठ्यपुस्तको अध्ययनलाई पनि एकदमै नियमित गरेको थिएँ । मेरो अध्ययनको दिनचर्याको लागि कसवेला के गर्ने समय तालिका र कार्ययोजना वन्न थाल्यो । यसरी मैले कितावी ज्ञानका अतिरिक्त आफूले आफैलाई चिन्न थाले, आफ्नो वर्गलाई चिने, मैले मानव र यसको कर्तव्य वारे विज्ञ हुदै गए । आखिर मलाई गाउँका फटाहाहरुले आफ्नो मुठ्ठीमा राख्न खोजेको नियत वारेमा पनि वुझ्न सकें ।

यस्तैमा मैले मेरो एस.एल.सी. परीक्षा दिएँ । परीक्षा दिएर घरमा फर्कन नपाउँदै मेरा पिता–मातालाई तेरो छोराको एस.एल.सी. रोकी दिन्छौं भनेर धम्काईरहेका रहेछन् । त्यसवेला वि.सं.२०४७ सालतिर हाम्रो गाउँघरतिर नेपाली कांगे्रस पार्टीको हाली मुहाली थियो । नेपाली कांग्रेसका त्यसवेलाका गाउँ एकाई समितिका अध्यक्ष स्थानिय जन्दिार थिए । उनले हाम्रो गाउँमा सवभन्दा नकारात्मक भूमिका खेलिरहेका थिए । उनले गाउँका सोझा र सिधालाई फुटाउने, गाउँका सर्वसाधारणको घ्याम्पाको जाँड र भएका कुखुरा सिध्याउनमा निकै खप्पिस थिए । वास्तवमा मेरो एस.एल.सी.को रिजल्ट रोकेर विचल्ली पारिदिन्छु भनेर उनले नै मेरा आमा–वुवालाई भनेका थिए । गाउँका अन्य व्यक्तिहरुलाई भनेर मेरो विरुद्धमा हुइयाँ फुकी रहेका थिए । वास्तवमा उमेरको हिसावले उनी मेरा पिता सरहका व्यक्ति हुन । तर आजभोली म सोच्छु उनी कति कायर रहेछन् ।

उनले मसित सामुन्यमा कहिल्यै त्यसो भन्न साहस गरेनन् । उनको त “छोरी कुटी वुहारी तर्साउने” नियत थियो । उनले अरुहरुलाई कुरा सुनाई मलाई तर्साउन चाहेका थिए । नत उनको माथिसम्मको पहुँच थियो नत उनले मेरो परिक्षाको नतिजामा केही फरक पार्न सक्थे । म वालकको, म निर्दोष ववुरोको उनले दया गर्नु त परै जावस मेरो वाल मस्तिष्कमा वज्रपात गर्न पछि परेनन् । तर म आत्तिएन किनकी कथित ठूलावडाको यस्तै चाला हुन्छ, उनीहरु गरिव, पिडित र शोषित व्यक्तिहरु अलिकति पनि प्रगति गरेको देखि सहदैनन भनेर मैले बुझेको थिएँ । वास्तवमा यो एउटा घटना मात्र थियो । यस्ता घटना त हाम्रै समाजमा अनगिन्ती घटिरहेका थिए । वास्तवमा यो घटना त्यस्तै शोषणमूलक समाजको परिणति थियो ।

अपेक्षाकृत रुपमा मेरो जाँच परिणाम नभएता पनि सन्तोषजनक नै थियो । जव म एस.एल.सी.को जाँच सक्काएर घरमा आएँ । म केही फुर्सदी भएँ । तर फुर्सदको समयमा के गरुँ र कसो गरुँ भनेर मैले चुप्प लागेर वस्नु परेन । जाँच सकेर फर्केको हप्ता दिन नपुग्दै विभिन्न गाउँ र वस्तीबाट मेरो छोरालाई टिउशन पढाई दिनु प¥यो भनेर अभिभावकहरु धुईधुइँती आउन लागे र स्वयं विद्यार्थीहरु पनि गर्न थाले । सुरु सुरुमा त टिउशन शुल्क निर्धारण गर्न पनि मलाई गाह्रो लाग्यो र हुन्छ आउनुस म पढाइ दिन्छु भन्ने गर्थें । केही हप्ताको अन्तराल पछि टिउशन पढ्नेको धुइरो लाग्न थाल्यो र एक एक गरेर पढाएर मैले सम्भव देखेन र समूह–समूह वनाएर पढाउन थाले ।

यसरी एकातिर मैले टिउशन मात्रै पढाएर आमा–वुवालाई केही सहयोग गर्न सकेकोमा आमा–वुवा र म सबै खुशी थियौं भने गाउँका जाली फटाहाहरु कुरा सिकेर वस्थे । अनेकन छेडछाड र हप्काई–दप्काईका कुरा गरेर दुःख मात्रै दिन्थे । आमा–वुवासित अनेकन मनगमन्ते कुरा गरिदिन्थे टिउशन पढाढाउँदा थारु यूवाहरु जलविर चौधरी, अमरराज चौधरी, भागीराम चौधरी, सर्मलाल चौधरी, सोमीलाल चौधरी, कृष्ण चौधरी र वालकृष्ण चौधरी मेरो संपर्कमा आउनु भयो । मैले उहाँहरु लगायत थारु र अन्य जातिका ५५ जना भन्दा वढि मा.वि.स्तर सम्ममा अध्ययनरत छात्र र छात्रालाई टिउशन पढाएँ ।

यी मध्ये कतिले त मलाई शुल्क पनि दिए तर कतिले दिएनन पनि । विडम्वना मैले गर्दै गरेको टिउशन पढाउने कार्यदेखि यहाँका ठूलाठालुहरु लाई पचेन । यसले राजनीति गर्छ, गाउँको केटाकेटी भाड्छ वजियाले मात्रै भनेनन मेरा सोझा–सिधा आमा–वुवालाई तेरो छोराको टाउको फोर्न लगाउँछु, गुण्डा लगाई पिटाउँछु आदि इत्यादि भन्न पुगे । यसवेलासम्म म राजनीतिको ‘र’ भन्ने के हो ? वुझेको थिएन । फेरी उक्त कथित ठालुहरुले मलाई किन त्यसो भने म चिन्तित र सतर्क पनि भएँ । मैले साँच्ची केमा गल्ति गरेको छु संझिन खोजेँ तर भेटाएन आखिर गल्ति गरेको पनि के थिएँ र ।


मलाई धरै सताउन थालेपछि म श्रीमणी सरको घर उरहरी गा.वि.स. वडा नं.५ हस्नापुरमा गएँ । मलाई त्यहाँ आएको देखेर उहाँले मलाई सहानुभूति पूर्वक वस्न आग्रह गर्दै सबै कुरा सोध्नु भयो । मैले सबै वेलीविस्तार लगाएँ । कसैले मलाई गाउँ भाडाँ भने, कसैले कम्यूनिस्ट र कसैले त्यस्तै अन्य दोष लगाए भनी मैले भने । पहिले त उहाँले पत्याउनु भएन तर पछि होला भनी संकात्मक भावमा कुरा खानु भो ।

त्यसवेला उहाँले मलाई धेरै कुरा संझाउनु भएको थियो तर अहिले सबै कुरा लेखेर साद्यै छैन । तर एउटा उहाँले भनेको वाक्य मेरो मगजमा झल्झली आई रहन्छ त्यो हो “हाम्रो समाजमा काम गरि खाने र वसी खाने दुई वर्ग हुन्छन र अहिले गरिखानेको वेहाल र वसी खानेको राज छ । उनीहरु गरिखानेले एक रत्तिभर प्रगति गरेको हेर्न सक्तैनन ।” त्यसैले तिमीले गरेको राम्रो कार्य भए पनि उनले भाड्छन् । मैले पहिले त वुझ्नै सकिन । पछि विस्तारै कुराको भेउ पाउँदै गएँ, वुझ्दै गएँ । मैले उहाँको कुरा तथा सहानुभुतिले धेरै राहत महशुस गरेँ र उहाँको घरमा काम अलि खुकुलो हुन वित्तिकै जान थालेँ । यसले गर्दा हामी विच अत्यन्तै घनिष्टता वढ्न थाल्यो । मैले यसै क्रममा नियमित उहाँको घरमा वेलुका त्यही रात वस्ने गरि जान थालेँ र उहाँका दुई छोरी तथा एक छोरा श्रष्टा आचार्यलाई टिउशन पढाउन थाले । मेरो यो कार्य करिव ४ महिना जति चल्यो । यसले हामी विच झन गाढा घुममिल हुने कार्य भयो ।

हुनत स्कूल जिवनमा उहाँ श्री अमर मा.वि. उरहरीमा शिक्षक नायक हुँदा मैले उक्त स्कूलको नेपाल जुनियर रेडक्रस सर्कलको अध्यक्ष पद सम्हाली रहेको थिएँ । तर त्यतिवेलाको र यसवेलाको सम्बन्धमा तुलना गर्दा यसवेला वढि सौहार्दपूर्ण भएको थियो । मलाई समस्या आइलाग्दा फटाहाहरुले सताउँदा उहाँसित के गर्ने ? कसो गरेमा मेरो कल्याण होला ? भनी सोध्ने गर्थेँ । उहाँले मलाई अनेकन लामा लामा व्याख्यान दिने गर्नु हुन्थ्यो तर मैले सबै कुराको भेउ पाउदैनथे तथापी गाउँ मिलेमा, संगठित भएमा कसैले हेप्न र हल्लाउन सक्तैन भन्ने कुरामा विश्वस्त भएँ ।

उहाँसित आतेजाते भएकै समयमा एकदिन उहाँले क्।ी।ऋ। पास ग¥यो भने के गर्छौ भनी सोध्नु भयो । तर मेरो क्याम्पसमा पढ्ने भित्र ईच्छा हुँदा हुँदै घरको अवस्थाले होला केही भन्न सकेन अन्कनाए मात्र । त्यसपछि उहाँले भन्नु भयो “तिमी जस्ता गरिव र जेहेन्दार छात्रले क्याम्पस पढ्नै पर्छ । मैले कौतुहलता पूर्वक सोधेँ यो कसरी संभव छ सर । उहाँ केही छिन घोरिएपछि मतिर फर्केर भन्नुभयो “काठमाण्डौमा मेरो एकजना सालोले पढ्छ मैले त्यहीं वस्ने खाने मिलाई दिन्छु एबचत त्ष्mभ मा काम गर्नु अनि पढ्नु हुन्न ?” म खुशीले गदगद र अव क्याम्पस पढ्न पाइने भो भनेर हुरुक्कै भएँ ।

यही कुराकानी भएको लगत्तै एक महिनापछि क्।ी।ऋ। को परीक्षाफल प्रकाशित भयो म द्वीतिय श्रेणीमा उतिर्ण भएँ, मेरो कुल ४१९ नम्वर आयो र प्रथम श्रेणीको लागि १ नम्वर पुगेन भने आफ्नो कक्षामा प्रथम नै भए । यसले गर्दा झन अव पक्कै काठमाण्डौ पढिने भयो भनेर प्रफुलित भएँ । तर काठमाण्डौ जाने निश्चित भैसकेको थिएन । विभिन्न विषयमा धमाधम फाराम भर्ने कार्य भैरहेको थियो । मैले पनि काठमाण्डौ, घोराही र तुलसीपुरमा फाराम लगाएँ । तर कहाँ पढ्ने निधो गरि सकेको थिएन ।

२०४९ साल मंसिर २५ गतेका दिन म र मेरो गुरु (श्रीमणी शर्मा) काठमाण्डौ अध्ययन गर्नको लागि प्रस्थान ग¥यौं । काठमाण्डौ जानुभन्दा पहिले मेरा आमा वुवाले मेरो लागि एउटा वाख्लो सिरक, डसना, गुन्द्री र तन्ना किनिदिनु भएको थियो । त्यही ओर्ने ओछाउने तथा चामल र दालको भारी वोकेर मलाई उरहरी वसमा चढाउन गइयो । मलाई एक्लै काठमाण्डौ पठाउँदा त्यसवेला आमाका आँखा रसाएका थिए । मलाई पनि नरमाइलो त लागेकै थियो तर उज्वल भविष्यको लागि लिएको महान लक्ष्यले मलाई आड दिइ रहेको थियो । यो यात्रा नै त्यसवेलासम्मको सवभन्दा लामो यात्रा थियो मेरो लागि ।

वसमा यात्रा गर्दा वाक्दै र खोक्दै वल्ल–वल्ल काठमाण्डौ पुगेको महशुस गरेको थिएँ । दाङ्गबाट हामी पहिलो पटक वानेश्वरमा श्रीमणी सरको आफन्त (सालो) ध्रुव गौतमको डेरामा गयौं । त्यहीं नै मैले करिव १ महिना वसें, खाएँ र पढें तर एक महिनापछि उहाँहरुले डेरा छाडेर गएपछि मलाई आपत प¥यो र २०४९ साल माघ ५ गते उरहरी गा.वि.स.वडा नं.३ उरहरी निवासी ओमप्रकास आचार्यको डेरा कमलपोखरीमा गएर वसें । यहाँ करिव २ महिना विताएँ । तर जहाँ गए पनि मेरो लागि अनुकुल ठाउँ भेटिएन । एकातिर मेरो मनमा मिहिनेत साथ पढेर आमा–वुवालाई तथा मेरा शुभचिन्तकलाई खुशी पार्ने र मलाई सताउनेलाई पढेरै देखाइदिन चाहन्थें तर परिस्थिति झन–झन प्रतिकुल वन्दै थियो ।

पूर्व कल्पना गरे अनुसार काम गर्ने र पढ्ने अनुकुल अवस्था थिएन, घरबाट एकपैसा आउने वाटो थिएन, काठमाण्डौमा काम पाइएन, संगै वस्ने साथीहरु जाँच दिएर घर हिंडे । म अलपत्र पर्ने भएँ भनी तुरुन्त काठमाण्डौबाट दाङमा फोन गरें । फोनमा सर (श्रीमणी शर्मा) सित भेट भयो । मैले अव के गर्ने भनी सोधेँ । उहाँले थुप्रै फोनहरु टिपाउनु भयो र २/४ दिन जसरी हुन्छ त्यहीँ वस्न आग्रह गर्नु भयो ।

मैले तत्काल नोटकापीको फोन नं.हरु हेरेँ र संयोगले “केशव गौतम स्पेस फोन नं.५२३७७४ चाकुपाट” लेखिएको ठेगानामा फोन गरें । फोन मैले सडक किनाराको एक पसलबाट गरेको थिएँ । जुन पसल काठमाण्डौको पुरानो वस विसौनी नजिकै थियो । फोनमा घण्टी वज्यो र एकैछिनमा मानिस वोलेको सुजियो हेलो स्पेस ! मैले को वोलेको भनेर प्रतिप्रश्न गरें । केशव गौतम भन्ने उत्तर आएपछि एकै सासमा उहाँको कुरा समेत नसुनेर सबै समस्या राखें । उहाँ तुरुन्त आउनु भनेर अफिसको लोकेशन दिनु भयो । यसरी वि.सं.२०४९ फाल्गुन १२ गते दिनको १ः०० वजे मेरो पहिलो भेट स्पेसका तत्कालिन कार्यकारी निर्देशक केशव गौतमसित भयो ।

मैले फोनमा उहाँसित दाई भनेर कुरा गरेको थिएँ तर मैले उहाँलाई सोचेको भन्दा वढि उमेर खाएको व्यक्तिको रुपमा पाएँ र स्पष्टसंग कुरा राख्न पनि हिच्कीचाहट पैदा भयो । उहाँले “कसैसित कुरा गर्दा आँखा जुधाएर कुरा गर्नुपर्छ” भनेर पहिलो भेटमै भन्नु भएको थियो । मलाई झन धक र संकोच लाग्यो । आखिरमा मैले मेरो सवभन्दा ठूलो समस्या भनेकै वस्नको लागि कोठा हो भने र यसको प्रति उत्तरमा उहाँले सहज तरिकाले यहिं आएर वस्नु भन्नु भयो । यसले मेरो खुशीको सिमा रहेन र खुशीका साथ स्पेसमै वसी अध्ययन गर्न थालें । यहीँबाट नै आई.एल. सम्मको पढाई सकाएँ । स्पेसमा वसी अध्ययन गर्दा मैले फोन उठाउने, चिया वनाउने जस्ता काम गर्नु पथ्र्यो । यसका अलावा केशव गौतमको भतिज मनिष गौतम गौतम र झग्गु चौधरीलाई टिउशन पनि पढाउथेँ र यस कार्यले मेरो जेब खर्च चल्थ्यो ।

श्रीमणी सरले मप्रति अत्यन्तै सहानुभूति राख्नु हुन्थ्यो । यतिसम्म कि मेरो क्याम्पसको शुल्क तिर्न आफूले ऋण लिएर, आफ्नै मकै वेचेर समेत मलाई खर्च पठाउने गर्नुहुन्थ्यो । म उहाँप्रति ऋणी र कृतज्ञ छु । सायद उहाँले मलाई सहयोग नगरेको भए, म प्रति सहानुभुति नराखेको भए मेरो जिवन कतातिर मोडिन्थ्यो म यसै भन्न सक्दिन । वास्तवमा उहाँको म प्रति भौतिक र वौद्धिक दुवै प्रकारको अत्यधिक लगानी गर्नु भएको छ र म उहाँले लगाएको गुणलाई जिवनभरी विर्सन सक्दिन ।

स्कूल जिवनवाटै स्थापित भएको मेरो सम्बन्ध वि.सं.२०४९ देखि २०५४ सम्म निकै गाढा नै रह्यो । यहाँसम्म कि उहाँ हाम्रो घरमा आउने वस्ने र हामीले खानलाई पकाएको मार (जाउला), गुन्द्रुकको झोल र डर्या भात (मकैको च्याँख्ला) समेत खाईदिने । म उहाँहरुको घरमा गएपछि पनि साह्रै माया गर्नु हुन्थ्यो । यति सम्मकी मलाई मेरो जेठा छोरा समेत भनेर अरुहरुसित भन्नै गर्नुहुन्थ्यो । उहाँ गरिव, असहाय र शोषीत भनेपछि उनीहरुको सेवा गर्न हुरुक्कै हुने वानी, मिठो वोली, निडर व्यक्तित्व मलाई साह्रै मन पर्ने पर्ने पक्ष हुन ।

मैले राजनैतिक पाठ उहाँवाट सिकेँ र राजनैतिक झुकाव पनि त्यतैतिर रहन गयो । तर सकृय रुपमा राजनैतिक गतिविधिमा संलग्न भएन । तथापि मलाइृ पार्टीप्रतिको आस्था, भरोसा सवै थियो । म पार्टीको प्रतिवद्ध व्यक्ति थिएँ । छैटौं राष्ट्रिय महाधिवेशन पश्चात ने.क.पा.(एमाले) पार्टी फुट्यो । पार्टी फुटेपछि एकपटक उहाँले मलाई वोलाउन पठाउनु भएको थियो तर म संयोगले जान सकेन र त्यसपछि उहाँसित सँगै वसेर छलफल गर्ने अवसर पनि जुरेन किनिकी काम विशेषले मलाई बर्दिया मै बस्नु पथ्र्यो ।

तर जिवनको अन्तिम घडीमा उहाँ क्यान्सरसित संघर्ष गरी रहनु भएको त्यस बेला चार पटक मैले सरलाई भेटे कुरा गरेको हु । पहलिो पटक भेट्न जाँदा म र भागिराम जी सँगै थियौ । त्यसबेला उहाँ धेरै आशाबादी हुनु हुन्थ्यो । केटा हो मैले हिम्मत हारेको छेन भन्नु हन्थ्यो । दोश्रो पटक भेट्दा म एक्लै थिए । उहाँसग उहाको जेठा साला साथमा हुनुन्थ्यो । आफु त्यस्तो विरामी मान्छे मलाई खाना खाए नखाएको सोध्दै हुनु हुन्थ्यो । म तेश्रो पटक भेट्दा उहाँसग एमालेका थुप्रै नेताहरु साथमा हुनु हुन्थ्यो ।

पार्टी सचिव शंकर पोखल लगायत दाङका एमाले नेतागणहरु वलदेव आचार्य, मान बहादुर रावत, हुकुम वस्नेत लगायत हुनुन हुन्थ्यो । त्यसैले त्यति साह्रो कुराकानी भएन । उहाँसग अन्तिम पटक भेट्न म र भागिराम जी गएका थियौ । क्यूमो थेरापीले उहाँको शरिर जलाएर कालो भएको थियो । कपाल सवै झरेको थियो तथापि ओठमा मुस्कान थियो । क्यान्सरले गलेको उहाँको शरिर देखेर मैले त आँसु थाम्न सकिन । एक छिन बक फुटेन । उहाँ आफैले कुरा थाल्नु भयो । केही उपदेशात्मक वाणी भन्नु भयो । केटा हो तुरुन्त पार्टी सदस्यता रिन्यू गर्नृ, पढाईलाई निरन्ता दिनु , कहिल्यै तिमीहरुको जोडी नटुुटोस, दोश्रो विवाह कहिल्यै नगर्नु र गरिबको नाममा भ्रस्टाचार नगर्नु भन्नु आदी कुरा भन्नु भएको थियो । उहाँको त्यो शारिरक हालत देखेर मनमा चिसो पसेको थियो ।

दाङ फर्किएको सात दिन पछि बलदेव सरलाई हतासमा तुलसीपुरमा भेटे । उहाँले भन्नु भो दाजुको हालत झनै खराब भयो, त्यसैले काठमाण्डौ जाँदैछु । त्यसको भोली पल्ट नै दाङका एफ.एम.हरुले उहाँको मृत्यूको खजर प्रसारण गरे । भोली पल्ट विहान सवेरै पार्टी कार्यालयमा हामी उहाँलार्इृ अन्तिम श्रद्धान्जली दिन पार्टी कार्यालय पुग्यौ । लास आइ पुगेको थिएन । म र लेखराज बस्नेत सर सँगै थियौ । करिव बिहान ८ बजे लाइनमा बसेर मेरा आदरनिय गुरुलाई अन्तिम श्रद्धान्जली दिए । साँच्चै त्यस दिन हामी गरिब दाङगालीको अवभावक गुमाए जस्तो लाग्यो । आज हाम्रो अगाडि श्रीमणी सर हुनुहुन्न तर उहाँले गरेको समाजका प्रति गरेको लगानी मन र मष्तिस्कमा कहिले नमेटिने गरी बसेको छ । हामी सबै दाङाली गरिबहरुको पलपलको ढुकढुकीमा श्रद्धाका डोवहरु कहिल्यै नमेटिने गरी रह िरहने छन ।