दाङमा ६५ वर्षीया महिला मृत फेला

दाङ, ९ चैत ।

दाङमा एक जना महिलाको शव फेला परेको छ । बबई गाउँपालिका-७ राउताराकी ६५ वर्षीया गंगी कुँवरको शव घर नजिकै फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

मृत अवस्थामा फेला परेकी कुँवरको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । कुँवरको शव देखेपछि स्थानीय वनका चौकीदारले मृतकको परिवारलाई खबर गरेका थिए ।


इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नवीन चुदालीले घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने बताए । मृतको शव पोष्ट मार्टमको लागि तुलसीपुर लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चुदालीले बताए ।