केवी वली
तुलसीपुर,३ चैत ।
दाङको तुलसीपुरमा बालश्रम तथा बालविवाह न्यूनिकरणकालागि सचेतनामुलक सडक नाटक देखाईएको छ । बालश्रम तथा बाल विवाह गर्ने क्रम अझै नरोकिएकाले यो समस्या समाधान गर्न नाटक पर्दशन गरिएको हो ।
बालबालिका आजका बालबालिका मात्र नभई भोलिका कर्णधार भएकाले बालश्रम र बाल विवाह नगरौ र नगराऔं भन्ने नाराकासाथ सडक नाटक प्रदर्शन गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका,लमही नगरपालिका र राप्ती गाउँपालिकाको समन्वय तथा तुलसीपुर युवा सञ्जाल तुलसीपुर उपमहानगरपालिका दाङको सहकार्य एवं संस्थाको सक्रिय परियोजनाले उक्त नाटक पर्दशन गरेको हो ।
लाइभदाङ । ३ चैत्र २०७८, बिहीबार १९:२१ बजे