हिमालमा पोखिए विद्यार्थीका प्रतिभा

तुलसीपुर,११ फागुन । कसैले विज्ञान प्रदर्शनी, कसैले समाजको चित्र र कसैले विकासको मोडेल । यस्तै प्रकारका आफ्नो क्षमता प्रदर्शन गरेका थिए, तुलसीपुर ६ स्थित हिमाल एकाडेमीका विद्यार्थीहरुले । किताबी ज्ञानले मात्रै अब बिकाउ शिक्षा हुँदैन्, ब्यहापरिक र प्रयोगात्मक शिक्षा आबश्यक हुन्छ । त्यसैले विद्यार्थीहरुले आफूहरुले सिकेका सीप प्रदर्शनमा राखेका थिए ।

विज्ञानसंग सम्बन्धित माईक्रोस्कोप, मरेको जीवजन्तुलाई लामो समयसम्म टिकाउन सक्ने क्षमता विद्यार्थीहरुले देखाएका थिए । समय सान्दर्भिक विकासका मोडेलहरु, स्मार्टसीटी, समाजको बर्तमान चित्र पनि प्रदर्शनीमा देख्न सकिन्छ । पछिल्लो समय अर्गानिक खानालाई महत्व दिन छोडिएको छ । तर, अर्गानिक खाना स्वास्थ्यकालागि फाईदा हुने कुरा पनि देखाईएको थियो ।

यस्तै कुराले सहभागि अतिथिहरु अवलोकन गरेका थिए । विद्यार्थीहरुको त्यो प्रतिभाले अभिभावक तथा अतिथिहरु खुसी थिए । विद्यालयको स्थापना दिवसका अवसरमा कार्यक्रम गरि प्रदर्शनी गरिएको हो । यस अघि नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरेका थिए, भने माघ ९ गते विभिन्न खेलकूद प्रतियोगिता पनि भएका थिए । त्यस्तै मंगलबार कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

हिमाल एकाडेमी सञ्चालक समितिका सदस्य गणेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक डा.बाबुराम आचार्यले विद्यार्थीलाई विद्यार्थीहरु किताबी ज्ञानमा मात्र नभई प्रयोगात्मक तथा ब्यबहारीक ज्ञानमा पनि पोख्त हुनुपर्ने बताए ।


कार्यक्रममा तुलसीपुर–६ का वडाध्यक्ष दुजमान भण्डारी, एनप्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश शर्मा, शारदा क्याम्पस शंखमुलका प्रमुख यज्ञबहादुर चन्द, महेन्द्र मावि तुलसीपुर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । एकाडेमीका नवीनकुमार पराजुलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण विद्यार्थीहरु आर्जन बस्नेत, ऋजु शर्मा र अञ्जली शाहले गरेका थिए ।

त्यस अवसरमा विद्यालयका प्रिन्सिपल मधुसूदन केसीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा विजेता हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।