तुलसीपुर बसपार्कमा ढेब्ली र ठेलामा डोजर

अनिता पोखरेल
दाङ, १९ साउन ।

तुलसीपुर उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा सडकपेटी मिचेर राखिएका ढेब्ली ठेला तथा गाडा हटाइएको छ । करिब दुई हप्ता अघि रातारात बसपार्क क्षेत्रमा एकै आकारमा बनाइएका ५ वटा नयाँ ढ्याब्ली राखिएको थियो ।

ति ढेब्ली राखेपछि आफूहरुले हटाउन सूचना जारी गरेको थियो । तर, त्यो सूचना नै अटेरी गरेपछि आफूहरुले आफै डोजर लगाएर हटाउनु परेको वडाध्यक्ष शाहले बताए ।‘त्यहाँ ढेब्ली राख्ने कुनै गरीब परिवारका होईनन्, करोडपति हुन्’, उनले भने‘ उनीहरुकै कारण दिनभरी फलफुल बेचेर साँझ बिहानको छाक टार्ने विपन्न वर्ग समस्यामा परेका छन् ।”


उपमहानगरपालिकाले जारी गरेको तीन दिने सूचनालाई अटेरी गरेपछि प्रहरीको सहयोगमा ति ढेब्ली, ठेला,गाढा हटाईएको हो । स्थानीय सरकारको नीति र नियमलाई अटेरी गरेर जबरजस्ती सडकपेटी मेचेर व्यबसाय गर्न थालेपछि आफूहरु हटाउन बाध्य भएको उपमहानगरपालिकाका कार्यवहाक प्रमुख सूर्यबहादुर डाँगीले बताए ।

सडक मिचिने गरि अब्यबस्थित तरिकाले राख्दा बसपार्क व्यबस्थापनमा चुनौति देखिनुकासाथै दुर्घटनाको जोखिम समेत बढेको उनको भनाई छ । उपमहानगरपालिकाले यस अघि सडक मिचेर बनाएका घर टहरा समेत हटाएको थियो । उपमहानगरपालिकाले ठेलामा व्यबसाय गर्नकालागि पातुखोला पुलको उत्तरतर्फ व्यबस्थापन गरिएको छ । त्यहाँ करिब ७ /८ कठ्ठा जग्गा व्यबस्थापन गरिएको उनले बताए ।