दाङमा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

तुलसीपुर, २६ चैत ।
दाङमा लागू औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ निवासी २३ वर्षीय डिम्याक्सलाल दसौँदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गत असोज २९ गते ५ ग्राम ४३० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित घोराही १५ निवासी २० वर्षीय सरोज महरा क्षेत्री पक्राउ परेका थिए ।


सोही घटानमा दसौँदी पनि संलग्न रहेको तर अहिले सम्म फरार रहेकाले खोजतलास गर्दै जादा घोराही १५ को दिपशिखा चोकबाट उनलाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।