
तुलसीपुर, २९ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित माध्यमिक विद्यालय प्रतावकोटले ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलामणि बाठाको अध्यक्षतामा तथा लुम्विनि प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा उनले विकट क्षेत्रका रुपमा रहेको उक्त विद्यालयको स्तरबृद्धिमा पहल थाल्ने बताए । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलामणि बाठाले विद्यालयमा पर्खाल आबश्यक रहेको भन्दै उक्त पर्खाल निर्माणमा पहल गरिदिन अनुरोध गरे ।
कायक्रममा प्रेस सेन्टर दाङका सचिव दिपक बोहरा, विज्ञान समाज तुलसीपुरका अध्यक्ष नेत्रलाल भट्टराई(नारायण), आधारभुत स्वास्थ्य केन्द्र प्रतापकोटका वसन्त भण्डारी, जनप्रेमी युवा क्लब टुनापानिका अध्यक्ष सुरज पुन, विद्यालयका पूर्व शिक्षक मेघराज पोख्रेल, ग्रेट अरनिको माविका भाइस प्रिन्सिपल कमल प्रकास शर्मा, राप्ती पहिचानका सञ्चालक यज्ञ बुढा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका सहायक पधानाध्यापक शुसिल गिरीले विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिका बारेमा प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा बिद्यार्थीहरु बिभिन्न नृत्य प्रस्तुत गरेका थिए, विद्यालयमा भएको खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा पूर्व विद्यालयका प्रधानाध्यापक खगेन्द्र खरेलले ५० हजार र पूर्व विद्यार्थी समेत रहेका राप्ती पहिचानका सञ्चालक यज्ञ बुढाले २५ हजार रुपैँयाको अक्षयकोष स्थापना गरेका थिए ।
विद्यालयका शिक्षक सुरेन्द्र बुढाले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षिका अनिमा वैद्यले गरेकी थिइन् ।



लाइभदाङ । २९ फाल्गुन २०८१, बिहीबार ०७:४५ बजे