सल्यानमा हाेली खेल्न हिडेका बालबालिका सवार अटो दुर्घना, ५ जना घाइते

सल्यान   ३ चैत ।

बागचौर नगरपालिका वडा नं. २ को राप्ती राजमार्गमा पर्ने खरिबोट देखि यता बागचौर तर्फ आउँदै गरेको अटो खरिबोटको बाँधखोला नजिक दुर्घटना हुँदा अटोमा सवार ५ जना बालबालिका घाईते भएका छन ।
रा १ ह ५०२२ नं. को अटो घरमा रोकिरहेको अवस्थामा चालकले नचलाई अन्दाजी १८ वर्षिय मदन वलीले होली खेल्न भन्दै बागचौर ल्याउदै गर्दा बाँधखोला नजिक दुर्घटना हुँदा ५ जना घाईते भएको ईलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ ।
घाईते हुनेहरु सबै खरिबोट निवासी नै भएको बताईएको छ । जसमा वर्ष ७ कि सुधा भण्डारी, वर्ष १० कि निर्जला विएम, वर्ष १३ की गंगा वली, वर्ष १० कि सुप्रिया परियार र वर्ष १२ ग्रिष्मा विएम रहेका छन ।
घाईतेहरुलाई थप उपचारको लागि नेपालगन्ज लगिएको प्रहरी जनाएको छ । यस्तै अटो चालक बस्नेत फरार रहेको र अटो प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।