बाल श्रम अन्त्यका लागि प्रहरी र समुदायकाे भुमिका विषयक अन्तरक्रिया

देविराम कुसारी

फुलवारी, चैत्र २ ।


तुलसीपुर उप-महानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाकाे आयाेजना तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरकाे समन्वयमा बुधवार (आज) बखरीयामा अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे छ । वडा सदस्य कमला के.सी काे अध्यक्षतामा भएकाे बाल श्रम अन्त्यका लागि प्रहरी र समुदायकाे भुमिका विषयमा अन्तरक्रियामा सहभागिले बाल श्रम अन्त्यका लागि समुदाय ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा महिला, वालवालिका तथा सामाजिक विकास अधिकृत माया श्रेष्ठले बाल अधिकार, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले कानुनी व्यवस्था, न्याय र सजायका वारेमा प्रशिक्षण दिएका थिए । वडाका करिब २५ जना सहभागी रहेकाे कार्यक्रमकाे व्यवस्थापन पुष्पा शर्माले गरेकी थिइन ।