ग्वार खोलामा डुबेर बालकको मृत्यु

तुलसीपु, १६ असोज ।
ग्वार खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निबासी १४ बर्षका अविसेक भुसाल रहेको तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारी बर्षातले जानकारी दिनुभयो ।

दिउँसो साढे तीन बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अविसेक डुबेको अध्यक्ष भण्डारीले बताउनुभयो । डुबेको जानकारी पाए लगत्तै गएको जनप्रतिनिधी, प्रहरी र स्थानीयको टोलिले ३ घण्टापछि हिलोमा गाडिएको अवस्थामा भुसालाई मृत फेला पारेका थिए ।


उद्धारका लागि तीनवटा जेसिवी र तालिम प्राप्त प्रहरीको टोलि परिचालन गरिएको थियो । पौडी खेल्न तीनजना गएका थिए ।