प्रेस सेन्टर बबईको अध्यक्षमा रोका

तुलसीपुर,२७ फागुन ।

प्रेस सेन्टर नेपाल, बबई गाउँ कमिटिको अध्यक्षमा चित्रबहादुर रोकालाई चयन गरिएको छ । गाउँपालिकाको शुक्रबार भएको पहिलो एतिहासिक भेलाबाट रोकाको नेतृत्वमा कमिटि गठन गरिएकोे हो । जसको उपाध्यक्षमा गंगा खड्का,सचिबमा हुर्मत बुढा,सहसचिबमा निरुता थापा, कोषाध्यक्षमा तुलसीराम घर्तीलाई चयन गरिएको छ ।


त्यस्तै सदस्यहरुमा रामकली वली,सोनु खड्का, अनिल पुन, पुजन तिरुवा, मनोज चौधरी, सन्दिप मगरलाई चयन गरिएको छ । प्रेस सेन्टरका जिल्ला अध्यक्ष पाण्डव शर्माको अध्यक्षता तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सदस्य भिमबहादुर वलीको प्रमुख आतिथ्य तथा संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा जिल्ला इञ्चार्ज प्रकाश चौधरीको बिशिष्ट आतिथ्यमा भेला भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि वलीले बास्ताबिक जनताका आवाज पत्रकारले बुलन्द गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बिशिष्ट अतिथि चौधरीले जनता र सञ्चार माध्यामको सम्बन्ध नजिक भएमा त्यस क्षेत्रको विकासले पनि फड्को मार्ने भन्दै गाउँपालिका स्तरमा कमिटि निर्माण गरेको बताएका थिए । कार्यक्रममा पार्टीका गाउँपालिका उपाध्यक्ष यज्ञबहादुर वलीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सहसचिब दीपक बोहराले गरेका थिए ।