विमल योगी
दाङ,१५ फागुन ।
दाङको धारपानीमा महाशिवरात्री मेलाका अवसरमा भएको आम्दानी तथा खर्चको सार्वजनिक गरिएको छ । पाण्डवेश्वर महादेव मन्दिर,घोराही ५ धारपानीमा गत फागुन ५,६ र ७ गते लागेको शिवरात्री मेलामा करिव आठ लाख बरावरको आयव्याव भएको आन्तरिक लेखा परिक्षण समितिले जानकारी दिएको छ ।
समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा आज वसेको बैठकमा आलेपका विमल कुमार अधिकारी र मधुसुदन पौडेलले मेलामा आम्दानी तर्फ सात लाख ६३ हजार सात सय ७६ रुपैया र खर्च तर्फ चार लाख ८९ हजार आठ सय ७० रुपैया भएको जानकारी दिनुभएको थियो ।
मेलामा सवै भन्दा बढि दान पेटिकाबाट तीन लाख ७६ हजार ९ सय पाँच,व्यापार स्टलबाट दुई लाख ५२ हजार पाँच सय,सवारी साधन पार्किङ ठेक्काबाट ७५ हजार र शिवरात्री सहयोग रसिदबाट ५९ हजार तीन सय ७१ रुपैया आम्दानी भएको समितिका कोषाध्यक्ष बोधिलाल शर्माले जानकारी दिनुभयो ।बचेको दुई लाख ७३ हजार नौ सय ६ रुपैया सहकारीमा जम्मा गरिएको छ ।
बैठकले मेला व्यवस्थापनमा सहयोग गर्ने सुरक्षाकर्मी,पत्रकार,राजनितिक दल,नागरिक समाज, स्वास्थ्यकर्मी, स्वंयसेवक, बिभिन्न उपसमितिका पदाधीकारी,सवै भत्तजन लगायतलाई धन्यवाद ज्ञापन गरेको मन्दिरका लेखा तथा प्रशासन प्रमुख नरेश पौडेलले जानकारी दिनुभएको छ ।
यस्तै मेलाका अवसरमा मन्दिर स्थल तथा मन्दिर आउने सडक मर्मतका लागि जेसिवी सहयोग गर्ने घोराही उप महानगरपालिका,२५ काटुन पानी सहयोग गर्ने घोराहीका धमेन्द्र केसी,तरकारी तथा राशन सहयोग गर्ने सस्तो तरकारी पसल घोराही लगायतलाई समेत बैठकले धन्यवाद ज्ञापन गरेको छ । बैठकको सहजीकरण सचिव विष्णुराम आचार्यले गर्नुभएको थियो ।
लाइभदाङ । १५ फाल्गुन २०७९, सोमबार १६:३१ बजे