दाङको एउटा विद्यालय: जहाँ नजिकै खोला बग्छ, विद्यालय काकाकूल छ

दाङ
२६ फागुन / पाँच मिनेटको दुरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जाने समेत पानी पाइदैन । विद्यालयसम्म खानेपानी समेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१ औं बर्ष पार गरेको एउटा विद्यालय हो–दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ केराघारी स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । जुन विद्यालय २०१७ सालमा स्थापाना भएको हो । जनयुद्धको समयमा तत्कालिन माओवादी बरिष्ठ नेता मोहन बैद्यले समेत पढाएको स्कुल समेत हो । तर, त्यहाँ अहिलेसम्म खानेपानी पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर, त्यो पानी शौच गर्नकालागि समेत विद्यालय सम्म पु¥याउन सकिएको अबस्था छैन ।

विद्यालय परिसरमा एउटा एनजिओले धारा जडान गरेको छ, तर, त्यसमा पानी आउदैन । धारामा कमिला हिडिरहेका हुन्छन् । शौचालयमा पानी हुँदैन । शौच गर्न खोलाबाट पानी बोक्नु पर्छ । खोलाबाट पानी ल्याउनकैलागि विद्यालयले केही गाग्रीहरु समेत किनेको छ । त्यही खोलाबाट विद्यार्थीहरुले पानी बोकेर प्रयोग गर्ने गर्छन् । विडम्बना त के छ, भने विद्यार्थीहरुले त्यही खोलाको पानी प्रयोग गर्छन् । गाउँका मान्छेले पनि खोलामा बगिरहेको त्यही पानी नै प्रयोग गर्ने गरेका छन् । धेरै माथिको मुहानबाट बगेर आएको पानी नै विद्यार्थीहरुले पिउनु पर्ने बाध्यता छ ।“हामीले बिभिन्न ठाउँमा पानीको उचित ब्यबस्थापनकालागि भनेर पहल ग¥यौं”,विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष“विरबहादुर बिकले भने“ तर, अहिलेसम्म कुनै पनि निकायबाट सहयोग भएको छैन ।”

विद्यार्थीहरुले खोलाको दुषित पानी पिउन बाध्य रहेको भन्दै यसमा समयमै ध्यान दिनुपर्ने विद्यालयका प्रधानाध्यापक मिनबहादुर केसीले बताए । दुषित पानी खाँदा विद्यार्थीहरुलाई असर गर्न सक्ने भन्दै यसमा सचेत हुुनुपर्ने उनको भनाई थियो । विद्यालयमा खानेपानीको समस्या देखिएपछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले अवलोकन गर्नुभएको छ । त्यहाँ अहिले प्रदेशको प्रतिस्थापन बजेटबाट ८ लाख रुपैँया पार्न सफल भएको र त्यसबाट भवन निर्माणको कार्य सुरु भएको भन्दै अब खानेपानीको समस्या पनि समाधान गर्न आफूले पहल थाल्ने प्रतिबद्धता जनाए ।


पर्खालको पनि उत्तिकै समस्या
त्यो विद्यालयमा पर्खालको पनि उत्तिकै समस्या छ । विद्यालय खुल्ला छ । जसले गर्दा पटक–पटक विद्यालयको झ्याल,ढोकामा तोडफोड हुने गरेको प्रधानाध्यापक केसीको भनाई छ । शिशु देखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल ८३ जना विद्यार्थीहरु अध्ययनरत छन्, भने ६ जना शिक्षक कार्यरत छन् । दुईजना स्थायी, एक जना राहात, एक जना बाल विकासमा कार्यरत र अध्य दुई जना विद्यालयले ब्यहोर्ने गरि शिक्षक कर्मचारी राखिएको छ । कुनै समय भारतको अधिनमा रहेको उक्त विद्यालयको एकलीमा पनि एउटा शाखा थियो । तर, २०२९ सालदेखि भने केराघारी स्कुल मात्रै सञ्चालनमा रहेको हो । साभारः अग्रिम साप्ताहिक

May be an image of standing and text