अबको अर्थ ब्यबस्थामा महिलाको भूमिका महत्वपूर्ण हुन्छ : अपार

तुलसीपुर, ३१ जेठ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा(अपार)ले अबको अर्थ ब्यस्थामा महिलाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार राष्ट्रियसभामा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपारले नयाँ अर्थ ब्यबस्थामा महिलाहरुलाई अगाडी सानुपर्ने बताए ।

कुनै समय मातृ सत्ताको समेत नेतृत्व गरेका महिलाहरुले मातृत्व, नेतृत्व र अभिभावकत्व दिन सक्ने क्षमता रहने समेत बताए । उनले पुरुषहरु भन्दा जिम्मेवार पनि हुने गरेको बताए । महिनावरीको गुण,प्रजनन, स्तनपानको गुणले पनि महिलालाई जिम्मवार बनाउने उनको भनाई थियो ।

दास युग, समान्तवादी युगलाई अन्त्य पर्दा पछाडीबाट महिलाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत उनले बताए । त्यति मात्रै नभई मुलुकका एकसय ९३ देश मध्ये दुई दर्जन बढि महिलाहरुले मुलुकको नेतृत्व गरेको समेत बताए ।


नेपालमा समेत सति प्रथाको अन्त्य गर्न मात्रै नभइ साहित्यिक, खेलकूद, राजनीतिक , विज्ञान प्रबिधिका हिसाले पनि महत्वपूर्ण भूमिका महिलाहरुले कै रहेको समेत अपारको भनाई थियो । मुलुकमा भएको जनयुद्ध सफल पार्न पनि महिलाहरुको उत्तिकै भूमिका रहेको उनले बताए ।

त्यसैले पनि अबको अर्थ ब्यबस्थामा महिलालाई अगाडी सानुपर्ने उनको तर्क थियो ।