दाङमा श्रीमतिको हत्या

दाङ, ३० साउन । दाङमा श्रीमतिको हत्याको आरोपमा एक ब्यक्तीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमिल्सिनाका अनुसार लमही नगरपालिका वडा नं. ९ स्याले निवासी श्याम कुमार कुमालले श्रीमति ४२ बर्षीया ईश्वरी कुमालले हत्या गरेको बताए ।

बुधबार विहान ७ बजेतिर घरदेखि एक किलोमिटर दक्षिणतर्फ रहेको हात्तिखालबाट स्याले जाने भित्रि कच्चीबाटोमा श्रीमति इश्वरी मृत भेटिएपछि अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।


दुवै जनाले मादक पदार्थ सेवन गरि फर्कने क्रममा सामान्य वादविवाद हुँदा श्रीमानले काठको लाठीले टाउको, अनुहार खुट्टा र शरीरको पछाडी ढाडको भागमा प्रहार गरि हत्या गरेको बयान दिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । साथै कपाल र हातमा समाई बाटोमा घिसारको समेत भेटिएको छ ।