संघर्षबाट निखारिएको एउटा ब्यक्ती हुन्–वेदप्रसाद वली । राजनीतिक र सामाजिक रुपमा मात्रै नभई व्यबसायीक रुपमा पनि सक्रिय वली हाल माओवादी केन्द्र तुलसीपुर ५ को अध्यक्ष हुन् । सल्यान बाफुखोला वडा नं.४ डाँडागाउँ हाल बागचौर नगरपालिका वडा नं. १२ मा २०३३ बैशाख ७ गते जन्मिएका वलीको बाल्यकालमा निकै संघर्ष गर्नुप¥यो । उनको परिवार कृषि पेशामा आश्रित थियो । त्यही कृषि पेशाकै आधारबाट वली अहिले यो अबस्थामा आएका छन् । त्यतिबेला त्यहाँ पढाई लेखाइको कुनै सम्भावना थिएन । गाई,भैसी पाल्ने मुख्य पेशा थियो । निकै कठीन परिस्थितिका बाबजुत उनी शिक्षालाई अगाडी बढाए । उनको बुवाले काठको पार्टीमा कालो मोसो लगाएको र खरी भन्ने ढुङगा दिएर पढाउने गर्थे । दिनभर विद्यालय जाने र साँझ विहान घरको काम गर्नु पथ्र्यो ।
गाउँको विद्यालयमा कक्षा ५ सम्म पढेर कक्षा ६ देखि अलि टाडा गएर उतै बस्ने डेरा गरेर अध्ययन गरे । हप्तामा एक दिन घर आउने र खाना बोकेर डेरामा लैजाने गरेर पढाईलाई अघि बढाए । उनले त्यही क्रममा उनले २०५२ सालमा बालकन्या माध्यामिक विद्यालय कोटबारा टाट्केबाट एसएलसी गरे । त्यसपछि भने पढाईलाई निरन्तरता दिन सकेनन् । त्यतिबेला निर्दल र बहुदलको उत्तिकै चर्चा हुन्थ्यो । त्यो सानो हुँदा उनी अलिअलि थाहा पाउछन् । उनी २०५२ सालदेखि नियमित पार्टी र सामाजिक काममा सक्रिय हुँदै आएका छन् ।
त्यही क्रममा २०५४ सालमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । त्यतिबेला उनले थुप्रै झुट्टा मुद्दा र यातना खेपे । शान्ति प्रक्रिया पछि उनी ब्यापारमा पनि जोडिए । २०७० सालमै उनी तुलसीपुर उद्योग बाणिज्य संघको सदस्यमा निर्वाचित भए । त्यतिबेला उनले थुप्रै सामाजिक कामहरु गरे । बाढी पीडितदेखि हरेकलाई सहयोग गर्न उनी उत्तिकै तत्पर रहन्थे । जतिबेला उनी निकै सक्रिय सदस्यका रुपमा सबैबाट प्रशंसा हुन्थ्यो । त्यो सामाजिक कामको निरन्तरता अहिले पनि छ । कोरोना महामारीको बेला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को पनि ५ नम्बर वडाध्यक्ष थिए । त्यही क्रममा जिल्लामै सबै भन्दा पहिले राहात वितरण कार्य सुरु गर्ने वडा थियो–तुलसीपुर ५ । तत्कालिन अबस्थामा पनि अध्यक्ष भएकाले यसको नेतृत्व वेदप्रसादले नै गरेका थिए । उनी आफ्नो बर्गका हरेकको आवाज उठाउने काम गर्छन् ।
भोगाई
साधारण किसानको छोरा भएकै कारण कडा मेहनत,मजदुरी ज्यामी भरिया,कालिपारे र १२ वर्ष कै उमेरमा पढ्नका लागि घर छोडेर निकै टाढा जाँदा भोगेका भोगाईहरु उनी सम्झिन्छन् । गरिबीकै कारण घरको ग्रजी टार्न भारतको सिम्लामा गएर २÷२ क्वीन्टलका भारी बोकेको शरिरको प्रबाह नगरी कठिन कामहरु गरेको अहिले पनि उनलाई झलझली सम्झना आउछ ।
जीवन परिबर्तनका लागि जनयुद्धमा होमिएको र जेल जीबन, कठोर यातनामैनौ दिन, प्रहरी प्रशासनले गुमनाम बनाएर बेपत्ता परेको, गाउघरमा मारिसक्यो भनेर सबैतिर चर्चा चल्थ्यो, शारिरिक र मानसिक यातना निकै खपे । त्यसपछि उनी २०६० सालमा विदेश पनि गए । उक बर्ष अरबमा बसेको अनुभव छ । नेपालमा शान्ति प्रक्रियापछि मात्रै उनी ब्यापार क्षेत्रमा आएका हुन् । जतिबेला उनले एउटा फेन्सी पसलबाट ब्यबसाय सुरु गरेका हुन् । एक वर्ष पछि घाटा खाएर बेचे । त्यसपछि बिजय सप्लएर्स नामको कोल्ड स्टोर संञ्चालन गर्दै आइरहेका छन् ।
लक्ष्य
उनको जीवनमा धेरै पढ्ने र राष्ट्रको सेवा गर्ने लक्ष्य थियो । बुर्जुवा शिक्षाको सर्टिफिकेट नभएपनि अनुभवको शिक्षाका आधारमा समाज सेवागर्ने र परिवर्तनका अनुभुतीहरु समाजमा स्थापित गराउने अभियान्तकै रुपमा काम गर्नै उनको लक्ष्य रहेको छ ।
आत्म निर्भर र राष्ट्रिय स्वतन्त्रता र नेपालीहरुको धनी र गरिबबीचको खाडल कसरी भर्न सकिन्छ भन्ने एउटा बहस सुरु गर्दै अगाडी बढ्ने पनि उनको लक्ष्य छ ।
जीवनप्रतिको बुझाइ
जीवन एउटा कुनै जातको फुल जस्तै रहेको उनको बुझाई छ । उनी भन्छन्‘समस्या सृष्टिमा होइन,समस्या दृष्टिमा मात्र हो ।’ मानिसको जीवन एउटा गतिशिल पनि छ र सिमित घेरा भित्र पनि छ । यो २ वटै कुरा कसरी प्रयोग गर्ने भन्ने कुरा आफैमा भर पर्ने उनी बताउछन् । उनले अबको बाँकी जीवन समाजसेवा र ब्यबसाय गर्ने नै रहेको छ ।
परिवारिक अबस्था
उनी जन्मेको हुर्केको परिवारमा ६ जनाको परिवार थियो । बुवा, आमा, बेदप्रकाससहित उनका दुई भाई र एक बहिनी थिए । उहिले बेदप्रकाशको परिवार छुट्टै छ । बेदप्रकाशको परिवार पनि अहिले ६ जनाकै छ । उनको श्रीमती, दुई छोरा र दुई छोरी उनको परिवारमा छन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २६ फाल्गुन २०७८, बिहीबार ०८:४७ बजे