जिम्मेवारीमा दृढ रहने ‘सीताराम’

दीपक बोहरा  

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी सीताराम शर्मा सामाजिक अभियन्तामध्येका एक हुन् । उनले खेल क्षेत्रमा निकै योग्दान पु¥याएका छन् । खेल मात्रै होईन्, यातायात र खानेपानी क्षेत्रको सुधारमा पनि उनको ठूलो भूमिका रहेको छ । लामो समय यातायात क्षेत्रमा जागिर जीवन विताएका शर्माको जन्म २०२८ साल मंसीर ७ गते घोराहीको सौडियारमा भएको हो । बुवा जागेश्वर शर्मा र आमा लक्ष्मीदेवी आचार्यको कोखबाट जन्म लिएका सितारामको बाल्यकाल घोराहीमै वित्यो । उनले कक्षा १० सम्म रझेना माविमै पढे । २०४५ सम्म उनले पढ्ने सहज वातावरण तयार भयो । त्यसपछि उनको पढाई पद्मोदय पब्लिकमा भयो । समग्रमा उनको बाल्यकाल सुखमय वित्यो । पढाई पनि प्रमाणपत्र तहमा पु¥याए । तर, २०४५ सालमा सोही बर्ष उनका वुवाको निधन भएपछि भने पढन पाएनन् । उनले पढाईबाटै बिट मार्नुप¥यो ।

त्यसपछि उनी रोजगारको खोजी गर्न तर्फ लागे । रोजगारको खोजी गर्ने क्रममा उनी २०५१ सालदेखि जागिर शुरु भयो । उनले तत्कालिन राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा जागिर गर्ने अवसर प्राप्त गरे । समितिको तत्कालिन अध्यक्ष देवीबहादुर डिसी थिए । उनकै कार्यकालमा प्रतिस्पर्धा गरि जागिर सुरु गरे । सुरुमा टाईपिस्टको रुपमा उनी जागिरमा प्रवेश गरे । जागिर शुरु गरेको ६ महिनामै उनलाई खरिदारको रुपमा नियुक्ति गरियो । त्यतिबेला समितिको प्रधान कार्यालय घोराहीमा थियो । उनी घोराहीकै कार्यालयमा कार्यरत थिए । त्यसपछि उनलाई समितिले तुलसीपुर शाखामा पठायो । उनलाई २०५२ सालमा तुलसीपुरको शाखा प्रमुखका रुपमा खटायो । उनी त्यति बेलादेखि तुलसीपुर बस्न थाले । त्यति बेलादेखि तुलसीपुर बस्न थालेको उनको जागिरकै सिलसिलामा बसोबास पनि स¥यो ।

घोराही जन्म घर भएका शर्माको स्थायी बसोबास तुलसीपुर स¥यो । त्यति बेलादेखिको त्यो बसाई अहिले स्थायी बसाईका रुपमा रह्यो । उनले २०५४ सालमा घोराहीको आफ्नो भागमा परेको जग्गा बेचेर तुलसीपुरमा घरबास जोडेका थिए । उनी अहिले तुलसीपुुरका बासिन्दा हुन् । समितिको तुलसीपुर कार्यालय २०६३ सम्म शाखा नै थियो । त्यसपछि २०६३ सालमै केन्द्रीय कार्यालयका रुपमा तुलसीपुर ल्याईयो । २०५८ तिर नासु र २०६३ सालमा उनी समितिमै अधिकृत भए । उनी त्यतिबेला समितिको कर्मचारीमा ‘सेकेन्ड म्यान’ थिए । उनी भन्दा अगाडि डा. लोकराज पराजुली कार्यालय प्रमुखका रुपमा थिए ।

उनी अधिकृत भएको ११ बर्षपछि २०७४ सालमा उनी उपसचिव हुँदै कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्हाले । त्यसपछि उनी एक बर्षमा समितिको कर्मचारीबाट ‘रिटार्यर्ड’ भए । एउटा टाईपिस्टबाट सुरु गरेको यातायात जागिरबाटै उनी कार्यालय प्रमुखसम्म पुगेका थिए । उनले यातायात क्षेत्रमा २४ बर्ष जागिर जीवन बिताए । त्यसबीचमा उनले यातायात क्षेत्रको बारेमा थुप्रै ज्ञान हाँसिल गरे । उनले यातायात क्षेत्रको अवस्था बुझे । उनले जागिर शुरु गर्दा दाङमा अन्य यातायात समितिहरु थिएनन् । यातायात साधन थोरै थिए । उनले आफ्नो जागिरको यो अवधीसम्म पनि यातायात क्षेत्रले राज्यबाट आवश्यक समन्वय तथा सहयोग नपाएको गुनासो गरे । ‘मैले २४ बर्ष जागिरे जीवन बिताए’उनले भने ‘मैले अवधीसम्म काम गर्दै जाँदा राज्यले यातायात क्षेत्रलाई अपहेलना नै गरेको पाएँ ।’ अहिलेसम्म राज्यले दुर्घटनाको जिम्मा लिन पनि नसकेको बताए । अहिलेसम्म यातायात समिति तथा प्रालिहरुले नै दुर्घटनाको जिम्मा लिने गरेको उनको भनाई छ ।

तुलसीपुरको खानेपानी सुधार गर्ने योजना

तुलसीपुरमा खानेपानीको निकै हाहाकार छ । पानीका स्रोत नभएको भन्दै तुलसीपुरमा प्रयाप्त खानेपानी ल्याउन सकिएको अवस्था छैन । नयाँ खानेपानीका स्रोतहरुको पहिचान गरि खानेपानीको समाधान गर्न खोजिएपनि समाधानको मार्गमा भने जान सकेको छैन । त्यसलाई सुधार गर्ने उनको लक्ष्य छ । ‘यातायातमा कर्मचारी थिए, पूर्ण रुपमा यातायातमा समय दिनुपथ्र्यो’ उनले भने ‘तर अब म यातायातबाट रिटायर्ड भएँ, अबको मेरो जिम्मा भनेको तुलसीपुरको खानेपानी सुधार गर्ने नै हो ।’ उनी अहिले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कोषाध्यक्ष पनि हुन्, भने आगामी नेतृत्वकालागि उपाध्यक्षका उम्मेद्वार पनि हुन् ।

‘मैले खानेपानीलाई पूर्ण रुपमा समय दिन सक्छु र सुधार पनि गर्न सक्छु’ उनले भने ‘त्यसका लागि म जस्तो ब्यक्ति खानेपानीको नेतृत्वमा आउन जरुरी छ ।’ धेरै बर्ष तुलसीपुर खानेपानीको पार्सद भएका उनी २०७३ मा भएको निर्वाचनबाट कोषाध्यक्ष भएका थिए । उनको अबको लक्ष्य भनेको ‘एक घर, एक धारा’ को नारालाई पूरा गर्ने हो । ‘सरकारले एक घर, एक धारा’ को अवधारणालाई अघि बढाएको छ’ उनले भने ‘सरकारको यो लक्ष्य पूरा गर्न मैले पहल थाल्ने छु ।’


अहिले पनि करिब दुईहजार धाराको माग भएपनि ती घरमा धारा पु¥याउन नसकिएको उनको भनाई छ । खानेपानीको एक कार्यकाल पूरा गर्दै गरेका उनले यो कार्य निकै संघर्षशील रहेको समेत बताए । ‘रातीमा पाईप फुट्यो भनेर फोन आउँछ’ उनले भने‘ त्यहाँ पनि पुग्नै पर्छ, कहिल्यै महत्वपूर्ण काम परेको बेला फोन आउछ, फोन आएपछि जानै प¥यो ।’

खेल क्षेत्रका अभिभावक

उनी खेल क्षेत्रको पनि नेतृत्व गर्छन् । उनी एक कार्यकाल दाङ जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष भए । त्यो अवधीमा उनको ब्यक्तिगत पहलमा तुलसीपुरमा टेवलटेनिस हल, मल्टिप्रपोप कवर्डहल निर्माणमा महत्वपूवर्ण योग्दान पु¥याए । यो योगदानले नै दाङमा राष्ट्रिय खेलकुद सफल भएको थियो । उनले अरणीको मैदान संरक्षणमा पनि एकदमै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनी सानैदेखि खेल क्षेत्रमा रुची राख्ने ब्यक्ति हुन् । शर्माले खेलाडी लगेर थाईल्याण्ड पनि गएका थिए । योंग स्टार क्लव तुलसीपुरको प्रतिनिधित्व गर्दै थाईल्याण्ड गएका थिए । जतिबेला उनले गोल्डमेडल ल्याएर नेपाल फर्केका थिए । त्यतिबेलादेखि उनको शिर थप उचो भयो ।

डाक्टर बन्ने सपना थियो

अहिले उनको क्षेत्र यातायात, खानेपानी र खेल क्षेत्र भएपनि उनको सानो हुँदाको रुची भने डाक्टर, ईञ्जिनियर बन्ने नै थियो । तर आफ्नो जो ईच्छा छ, त्यो ईच्छा सबै पूरा हुँदैन, भन्ने उनको तर्क छ । ‘हामीले जे ईच्छा राख्छौं, त्यो ईच्छा पूरा गर्नका लागि त्यही अनुसार संघर्ष पनि गर्नुपर्छ, भने समयले पनि साथ दिनुपर्छ’ उनले भने ‘अहिले मलाई समयले डाक्टर, ईञ्जिनियर नबनाएर सामाजिक कार्यमा लाग्न प्रेरणा प्रदान ग¥यो ।’

उनी समाजसेवा गर्न रुचाउँछन् । गरीब दुःखीलाई सेवा गर्न पाउँदा खुसी अनुभूति हुने उनी बताउछन् । उनी खेल, यातायात तथा खानेपानी क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याएको भन्दै दुईदर्जन बढि संघसंस्थाबाट सम्मानित समेत भएका छन् । साभार : अग्रिम साप्ताहिक