अमेरिका हुँदा पनि नेपालकै चिन्ता

टेकराज भण्डारी
रवी केसी २०५० साल पुस ५ गत्ते सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं.५ धारापानीमा जन्मिएका हुन् । उनले बाल्यकालमा घर नजिकैको स्कुल पढे । एसएलसि २०६८ सालमा सरस्वती उच्च माध्यमिक विद्यालयबाट पास गरे । उनको बाल्यकाल निकै रमाइलो तरिकाले बित्यो । उनी पढाईसंगै सामाजिक काममा पनि सक्रिय बने । रोजगारको सिलसिलामा विदेश कतार ४ बर्ष सम्म बसे । उनले कतारमा धेरै दुःख पाए । साहुले हेप्ने, धेरै काममा लदाउनेजस्ता समस्याबाट विदेशमा पिसिए ।

विदेशबाट फर्किएपछि उनले अमेरिका जाने सोच बनाए । अमेरिका जादा जीवनलाई हरेक पाइला पाइलामा मृत्यु जित्दै गएको र कडा मेहनत, धर्यताको अर्थ बुझेको बताए । उनले भने, “खोलाका किनारमा आधा खुट्टा पानीमा भिजाएर चिसो कपडासंग सुत्न र माछाले खुटामा टोक्दा पनि मस्त निद्रामा सुत्ने सुताइको आन्नद लाग्दो रहेछ” । रेड्बुलको भरमा ४/५ दिन को यात्रा गर्न उनी बाध्य भए । उनले जिवन निकै चुनौतीका साथ आगडि बढाए । उनी अहिले उत्तर अमेरिकाको टेक्सासको हाउसटन सहरको एउटा स्टोरमा कार्यरत छन् ।

गाउँमा केही गर्नु पर्छ भन्ने उनी माझ हुटहुटि जाग्यो । आफु बिदेश रहे पनि देश बिदेशमा रहेका युवाहरू र गाउँका अग्रज व्यक्तित्वहरूलाई एकबद्ध बनाएर श्रोतको व्यवस्था गरि गाउँमा हरियालि युवा क्लव निर्माण गरेका छन् । जुन क्लवमा जम्मा भएको रकमले एक घर र अन्य विवाह, ब्रतबन्धमा चाहिने सरसामान खरिद गरे ।


कतारमा हुदा उनले क्यनसर पीडित बिके पाल्पालीलाई सहयोग गरे । त्यस्तै आफुसंगै पढेको साथीको श्रीमतीलाई ब्लड क्यान्सर हुँदा एक लाख तिन हजार सहयोग गरे ।

सबै मानिसले कुनै न कुनै लक्ष्य लिएर जन्मेका हुन्छन् । केसीको पनि जिवनमा एउटा लक्ष्य थियो, पत्रकार बन्ने । “देशको विकृतिको भन्डाफोर गर्ने, पत्रकारको माध्यमबाट देशमा सेवा गर्ने इच्छा थियो तर परिस्थितिले उनलाई बिदेश तिर लग्यो”,उनले भने “परिस्थितिले विदेश गए पनि स्वदेश आएर समाज सेवा गर्ने उनको तिब्र चहाना छ ।”

उनको परिवारमा बुवा, आमा, भाइ, भाइबुहारी, दुई बहिनि र एउटि भतिजि छन् । उनले जिवनमा धेरै संघर्ष गरेर यो स्थानसम्म आएका छन् । ती संघर्ष परिवर्तनकै लागि थिए ।