उपप्रमुख आचार्यद्वारा बिकासका योजनाको अनुगमन

तुलसीपुर
२५ फागुन / तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले तुलसीपुरका बिभिन्न योजनाको अनुगमन गरेकी छिन् । उनले तुलसीपुर ८ को दाङ–सुर्खेत सडकखण्डदगेखि राईखलियान जाने सडकमा नाला निर्माण कार्यको गरेकी हुन् । जुन उपमहानगरपालिका र जनश्रमदान गरि ५२ लाखको तालतमा करिब एक किलोमिटर नाला निर्माण भएको हो ।

त्यस्तै तुलसीपुर ३ को दमारगाउँदेखि गहते जाने ६७ मिटर सडकमा आरसीसी गरिएको थियो । सोही कार्यको पनि उपप्रमुख आचार्यले अनुगमन गरेकी हुन् । जसन १५ लाख २४ हजार लागतमा निर्माण भएको हो । त्यस्तै तुलसीपुर ३ कै रामहरी शर्माको घरदेखि आदर्शनगर टोल जाने सडकमा १२६० मिटर नाला निर्माण गरिएको छ ।


सोही नालाको पनि अनुगमन गरिएको छ भने दमारगाउँदेखि आदर्शनगर टोल जाने नालाको आरसीसीको कामको पनि अनुगमन गरिएको हो । त्सस अवसरमा उनले गाउँ–गाउँमा विकास निर्माणले गति लिएको बताईन् । स्थानीयले पनि विकास पाएपछि खुसी भएको बताएका थिए ।