तुलसीपर
१७ साउन / कोरोना महामारीको तेस्रो चरण बढ्न सक्ने सम्भावना बढिरहेको छ ।
विज्ञहरुले पनि सचेत रहन भनिरहेका छन् । त्यसकालागि साबुन पानीले हात धुनेलगायत स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्नु अनिवार्य हुन्छ । तर, स्थानीय सरकारले नै हातधुने ठाउँको वेवास्ता गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको गेटमा हात धुने ठाउँ भनेर राखिएको भएपनि त्यो स्थान हात धुन प्रयोग हुने गरको छैन । त्यो ठाउँ निकै फोहर छ । सरसफाई छैन । पानी नभएको धेरै भयो ।
त्यसमा कसैको पनि ध्यान गएको देखिदैन । स्मार्ट सीटीका रुपमा तुलसीपुरलाई बजेट पनि आएको छ । तर, नगरपालिकाको गेटमै रहेको हात धुने ठाउँलाई व्यबस्थित गर्न नसक्दा चौतर्फी आलोचना हुने गरेको छ ।
भिडियो : ईश्वरी प्रसाद गैर
लाइभदाङ । १८ श्रावण २०७८, सोमबार २२:२२ बजे