कुकुर छाडा नछोड्न तुलसीपुरका मेयरको अपिल

तुलसीपुर, २५ भदौ ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कुकुरहरुलाई छाडा नछोड्न अपिल गर्नुभएको छ । बौलाह कुकुरको टोकाईबाट तुलसीपुर उपहामनगरपालिका–२ र ८ नम्बर वडामा बिहीबार दर्जन बढी नागरिक र पशुचौपाया घाइते भएपछि नगर प्रमुख पाण्डेले यस्तो अपिल गर्नुभएको हो ।

बौलाहकुकुरको संख्या बढ्दै गएको र छाडा छोडिएका कुकुर समेत रेबिजबाट संक्रमित हुनेभएकाले सुरक्षाका लागि घरमा पालिएका कुकुहरुलाई छाडा नछोड्न अपिल गर्नुभएको हो ।


कहि कतै कुकुरले टोकेमा सम्बन्धित वडामा सम्पर्क गर्न र बौलाह कुकुर देखिएमा त्यसलाई नियन्त्रणमा लिएर व्यवस्था गर्न वडाबासी, सुरक्षाकर्मी सबैमा अपिल गर्नु भएको छ । बिहीबार तुलसीपुर २ र ८ नम्बर वडामा बौलाह कुकुरको टोकाईबाट दर्जन बढी सर्वसाधारण नागरिक र पुशचौपाया घाइते भएका छन् ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'