जीवनज्योतिद्वारा शिक्षिका र महिला कर्मचारीलाई सम्मान

तुलसीपुर
२४ फागुन / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना स्थित जीवन ज्योति ईंग्लिस मिडियम बोर्डिङ स्कुलले नारी दिवस मनाएको छ । मार्च ८ मंगलबार परेको ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षिका तथा महिला कर्मचारीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । ‘भोलीको दीगो भविष्यकालागि आजको लैंगिक समानता’ भन्ने वर्ष मूल नाराकासाथ यो दिवस मनाईएको हो ।

विद्यालयका प्रिन्सिपल केपी न्यौपानेको अध्यक्षता तथा विद्यालय सञ्चालक सदस्य एवं निवर्तमान प्रिन्सिपल मेघराज पोख्रेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा महिला शिक्षक तथा कर्मचारीहरुले विद्यालयद्वारा सम्मानित भएकोमा खुसी ब्यक्त गरेका थिए ।


कार्यक्रममा प्रिन्सिपल न्यौपानेले सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यालयमा कार्यरत सवै शिक्षक कर्मचारीहरुलाई धन्यवाद समेत दिएका थिए । त्यस अवसरमा प्रमुख अतिथि पोख्रेलले नारीलाई दिवसका दिन मात्रै होईन्, सधै सम्मान गर्नुपर्ने बताएका थिए ।

शिक्षक नरेश केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण नेपाली शिक्षक प्रकाश भट्टराईले गरेका थिए ।