काँग्रेस दाङको सिटामोल वितरण अभियान तिब्र

देविराम कुसारी
गोल्टाकुरी
२८ माघ / नेपाली काँग्रेस दाङको सिटामोल वितरण कार्यक्रमले गति लिएको छ ।

कोरोनाका कारण देशै भरी सिटामोलको अभाव भए पछि क्षेत्रिय प्रतिनिधि पवनकुमार आचार्यले एक लाख १० हजार ट्याब्लेट सिटामोल काँग्रेस दाङलाई हस्तान्तरण गरेका थिए । घोराही ९ निवासी आचार्यले हस्तान्तरण गरेको सिटामोललाई स्वास्थ्य संस्था मार्फत जनताको घरघरमा पु¥याउने अभियान थालिएको काँग्रेस दाङका सभापती शंकर डागीले जानकारी दिए ।

जनताको हरेक समस्यामा काँग्रेस साथमै रहेको वताउदै सभापती डागीले काँग्रेसका हरेका कार्यकर्ता घर भेटमा लागेको पनि बताए । अभियान अन्तरगत उपसभापती कमानसिंह भारती, सिचव अर्जुन योगी, वालिका लम्साललगायतको टोलीले बबईका सभापती प्रकाश बस्नेत, शान्तिनगरका झलक केसी, दंगिशरणका शंभु गिरी, तुलसीपुर नगर सभापती शुरेस हमाललाई सिटामोल हस्तान्तरण गरेको हो ।


अभियानमा नेकाका गिरिराज सुवेदी, राजु आचार्य, केदारनाथ पौडेल, गेहेन्द्र वली, विपना रोका लगाएतको सहभागिता रहेको थियो । यसैविच शुक्रवार दंगीशरण गाँउपालिकाका वडा स्तरमा सिटामोल बितरण गरिएको छ । पालिका सभापती शंभु गिरीको नेतृत्वमा पालिकाको वडा नम्वर १, २ र ३ मा सिटामोल वितरण गरिएको २ का सभापती शरदिन कुसारीले जानकारी दिए ।

प्रदान गरिएको सिटामोलले जनतालाई प्रत्यक्ष लाभ दिने स्वास्थ्य चौकी दंगिसरण २ गोल्टाकुरीका प्रमुख राजेन्द्र हमालले वताए । पूर्ण अभाव नभए पनि सेवाग्रहीको माग अनुसार सिटामोल दिन नसकिएको अवस्थामा सहयोगमा आएको सिटामोलले साच्चिकै अर्थ राख्ने आधारभुत स्वास्थ्य सेवा केन्द्र दंगिशरण १ राम्पुरका प्रमुख दामोदर शर्माले बताए । त्यसैगरी बंगलाचुली सभापती दोर्ण केसीलाई पनि सिटामोल वितरण गरीएको छ ।