वाईसियल तुलसीपुरको सम्मेलन चैत १ गते स¥यो

तुलसीपुर
२४ फागुन / माओवादी केन्द्र निकट युवा संगठन योंग कम्युनिष्ट लिग (वाईसिएल)को नगर तुलसीपुर नगर सम्मेलन सरेको छ । यस अघि फागुन २८ गते शनिबार हुने भनेको सम्मेलन सरेको वाइसियलका जिल्ला इञ्चार्ज अमर नेपाली‘माइकल’ले बताए ।

उनका अनुसार तुलसीपुरको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनलाई मध्यनजर गर्दै सम्मेलन सारिएको हो । सबै नेता तथा कार्यकर्ताहरु खानेपानीको निर्वाचनमा होमिनु पर्ने भएकाले सम्मेलन सारिएको हो । अब नगर सम्मेलन चैत १ गते हुने माइकलको भनाई थियो ।


सम्मेलन सफल पार्नकालागि हेमेन्द्र शाहीलाई इञ्चार्जको जिम्मेवारी तोकिएको छ । चैत १ गते तुलसीपुर बजार स्थित उद्योग बाणिज्य संघको हलमा सम्मेलन हुनेछ । विहान ११ बजे बजार परिक्रमा गरेर १२ बजेदेखि कार्यक्रम सुरु गर्ने तयारी रहेको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्मेलन राष्ट्रियसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’को प्रमुख आतिथ्यतामा हुने भएको छ । साथै सम्मेलनमा सहभागिताकालागि सबैलाई अनुरोध समेत गरिएको छ ।