राप्तीका शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलाप प्रविधिमैत्री बनाउन कम्प्युटर तालिम प्रदान

तुल बहादुर कवँर मगर
देउखुरी, २६ असार ।

शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिमैत्री बनाउन दाङको राप्ती गाउँपालिकाले शिक्षकहरुलाई एक महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा तेजश्री प्राविधिक शिक्षालय राप्ती–४ मौरीघाटको व्यवस्थापनमा संञ्चालन भएको तालिममा पालिका भरीका सामुदायिक र संस्थागत विद्यालयका ३६ जना शिक्षकहरुको सहभागीता रहेको थियो ।

आधुनिक सूचना प्रविधिको युगमा शिक्षकलाई कितावी ज्ञान मात्र नभई नयाँ प्रविधिका क्षेत्रमा शिक्षकहरुको कार्य दक्षतामा वृद्धि गरिनुपर्ने लक्ष्यका साथ कम्प्युटर तालिम दिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।


शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नभएर प्राविधिक ज्ञान पनि अत्यावश्यक रहने भएकाले प्रविधिमैत्री शैक्षिक वातावरण सिर्जनाका लागि शिक्षकहरु दक्ष हुनुपर्ने बोध गरेर कम्प्युटर तालिम प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भयो ।

आधुनिक समयसापेक्ष अध्यापनलाई सूचना र प्रविधिसँग जोड्न यस तालिमको महत्त्वपूर्ण भूमिका रहने उहाँ भनाइ रहेको छ। यसैबीच तालिमको एक कर्यक्रमको आयोजना गरि सोमबार मौरीघाटमा समापन गरिएको छ।

शिक्षालयका प्रशासकिय हरिनारायण चौधरीको अध्यक्षता,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आथित्यतामा तथा शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकको विशिष्ट आतिथ्यतामा तालिम समापन गरिएको हो ।