नेपाली काग्रेसद्धारा शान्तिनगरमा निशृुल्क स्वास्थ्य शिविर सम्पन्न

 नेपाली कांग्रेस शान्तिनगरले आज स्व. सुवर्ण शमशेरको १११ औं जन्मजयन्ती समारोह तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेकाे छ । शान्तिनगर गाउँपालिका वडा नं. १ को विकट क्षेत्र बाघखोरमा कार्यक्रम सम्पन्न भएकाे छ। नेपाली कांग्रेस शान्तिनगरको आयोजना तथा पाल्पालीको व्यवस्थापनमा संचालित चिनारी हस्पिटल प्रा.लि.तुलसीपुरको प्राविधिक सहयाेगमा संचालन भएकाे निशृुल्क स्वास्थ्य शिविरमा २५० जना भन्दा बढिलेे स्वास्थ्य सेवा लिएका थिए । विकट क्षेत्रका विभिन्न किसिमका राेगबाट पिडित विरामीले स्वास्थ्य सेवा लिएका थिए ।

नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक के.सी.काे सभापतित्व तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीकाे प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेेसका नेता तथा शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी र नेपाल तरूण दल दाङका अध्यक्ष टिकाराम घर्तीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।


साे कार्यक्रममा नेपाली कांग्रेस प्रदेश प्रतिनिधिहरू प्रमाेद बस्नेत, झुपलाल नेपाली, भुमा सुनार, नेपाली कांग्रेस क्षेत्र नं ३ ख का उपसभापति फर्साराम डाँगी, सचिव लेवाराम आचार्य लगाय विभिन्न नेताहरूले बाेल्नु भएकाे थियाे । कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस शान्तिनगरका उपसभापति दाेर्णप्रसाद के.सी.काे स्वागत मन्तव्यबा सुरू भएकाे कार्यक्रम सहजिकरण सचिव दिलप्रसाद लामिछाे (दिपक)ले गर्नुभएकाे थियाे ।