एमाले दाङद्वारा विभिन्न ब्यक्तिलाई जिम्मेवारी ताेकियाे

तुलसीपुर २२ फागुन।

नेकपा एमाले दाङले विभिन्न विभाग प्रमुख तोकेको छ ।
पहिलो पुर्ण वैठकले विभिन्न विभाग तथा संठगनलाई पूर्णता दिँएको छ । जस अनुसार संगठन विभाग प्रमुखमा श्याम डाँगी, स्कूल विभाग प्रमुखमा विवेक श्रेष्ठ, प्रचार विभाग प्रमुखमा सविन प्रियासन, प्रेस चौतारी विभाग प्रमुखमा संगीत बस्याल, आर्थिक विभाग प्रमुख खिमबहादुर डाँगी, किसान महासंघ विभाग प्रमुख सुदन केसी, युवा विभाग प्रमुख सुरेश रावत, खानेपानी तथा सरसफाई विभाग प्रमुख नारायण छमपाली, पेशागत महासंघ विभाग प्रमुखमा श्याम आचार्य, मुक्तिसमाज प्रमुखमा मानवबहादुर बिक, अनेम संघ प्रमुखमा हिरा पुन, लोकतान्त्रिक आदिबासी जनजाति प्रमुखमा विकास चौधरी, जनसंगठन समन्वय तथा सम्पर्क विभाग प्रमुखमा हुकुम बहादुर बस्नेत रहनुभएको छ ।


यस्तै सामाजिक संघसंस्था विभाग प्रमुखमा नवराज लामीछाने, उद्योग विभाग प्रमुखमा रामप्रसाद चालिसे, कृषि तथा सहकारी विभाग प्रमुखमा सानुनारायण अधिकारी, वन तथा वातावरण विभाग प्रमुखमा मेघराज भुसाल, खेलकूद विभाग प्रमुखमा भोजराज वली, शिक्षा विभाग प्रमुखमा भरत अर्याल, श्रम तथा रोजगार विभाग प्रमुखमा अनिल आचार्य, कानून तथा निवार्चन विभाग प्रमुखमा मनोहर बुढाथोकी, स्थानीय भौतिक पूर्वाधार विकासमा कूलबहादुर केसी, यातायात विभाग प्रमुखमा शिवराज पन्थी, लोकतान्त्रिक थारु संघ विभाग प्रमुखमा मंगल चौधरी, लोकतान्त्रिक अपांग संघ विभाग प्रमुखमा दोलक खत्री, लोकतान्त्रिक मगर संघ विभाग प्रमुखमा भानसिंह बुढालाई चयन गरिएको हो ।

अध्यक्ष हुुकुुमबहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमाले पोलिट व्यूरो सदस्य एवं दाङ ईन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकको सहजिकरण सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।