२०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं, १८ भदौ ।
पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् । हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् ।


पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।