बालश्रम विरुद्धकाे अभिमुखिकरण कार्यक्रम फुलवारीमा सम्पन्न

देविराम कुसारी

फुलवारी, २० फागुन  ।

महिला वालवालिका तथा सामाजिक विकास शाखा तुलसीपुर उप-महानगरपालिकाकाे आयाेजनामा बालश्रम विरुद्धकाे अभिमुखिकरण कार्यक्रम आज (शुक्रवार) फुलवारीमा सम्पन्न भएकाे छ ।


तुलसीपुर १३ का कार्यवाहाक वडा अध्यक्ष विनाेद पाण्डेकाे अध्यक्षता तथा नगर बाल अधिकार संयाेजक नवराज लामिछानेकाे प्रमुख आथित्यमा भएकाे कार्यक्रममा बाल अधिकार र बाल श्रमका वारेमा जानकारी गराइएकाे थियाे । कार्यक्रममा वाेल्दै संयाेजक लामिछानेले वडालाई वालश्रम मुक्त गराउन आवश्यक पर्ने सुचककाे वारेमा जानकारी गराउनुभएकाे थियाे ।

महिला वालवालिका तथा समाजिक विकास अधिकृत माया श्रेष्ठले सहजिकरण गर्दै बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता लगाएतका वारेमा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रममा महिला वालवालिका तथा सामाजिक विकास संयाेजक कुमार लामिछानेले तुलसिपुर उप-महानगरपालिकाले थालेकाे स्मार्ट छाेरी कार्यक्रमका वारेमा जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा वडाका सम्पुरण टाेल विकासका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, महिला सहकारीका प्रतिनिधि, स्थानिय महिलाकाे सहभागिता रहेकाे थियाे । त्यस अवसरमा वडाका कार्यवाहाक अध्यक्ष विनाेद पाण्डेकाे संयाेजकत्वमा १४ सदस्यिय वडा स्तरिय बाल अधिकार समिति गठन गरीएकाे छ ।