वीरेन्द्र खड्काः जसले आफै दिए भेटाएको ३ लाख बढीको सामान र नगद रुपैया

तुलसीपुर १९ फागुन ।
तुलसीपुर १८ दूधरासका युवा नेता वीरेन्द्र खड्का जसले संग्राम खोला नजिकै भेटाएको ३ लाख बढीको सामान सम्बन्धित व्यक्तिलाई आफै बोलायर बुझाउनुभएको छ ।
घोराही-तुलसीपुर सडकखण्डको संग्राम खोलाको पुल नजिकै सडकमा एउटा लेडिज ब्याग भेटेपछि खड्काले  सामजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको थियो ।
नेपाली काँग्रेस तुलसीपुर १८ का सभापति एवम् लायन्स क्लब अफ कालिका मालिकाका अध्यक्ष समेत रहनुभएका खड्काले भेटिएको सामग्रीसहितको पोष्ट सामाजिक सञ्जाल फेसबुकमा राखी सम्पर्कमा आउन आग्रह गर्नुभएको थियो ।
सामाजिक सञ्जालमा पोष्ट गरेको झण्डै ५ घण्टापछि पर्स हराएकी महिला घोराही उपमहानगरपालिका ६ की शिवा वली सम्पर्कमा आएको खड्काले बताउनुभयो । सम्बन्धित व्यक्ति सम्पर्कमा आएलगत्तै रिपोर्टस क्लबमा पत्रकारहरुको रोहबरमा सो सामग्री हस्तान्तरण गरिएको थियो ।
सो अबसरमा हराएको सामग्री बुझ्दै घोराहिकि शिवा वलिले खुसि ब्यक्त गर्नु भयो ।
वलिले उहाले “बिरेन्द्र खडका जस्तै ईमान्दार र समाजसेबिको यो समाजमा खाचो रहेको छ म आज सारै खुसि छु “।
सो अबसरमा सहजिकरणको भुमिका खेल्नु हुने पत्रकार शरद रेग्मीले युवा नेता खडकाको यो कार्यप्रति उच्च मुल्याङकन गर्दै सबैले यस्को सिको गर्नुपर्ने बताउनु भयो ।।