सागर रोका
दाङ, १० असोज ।
देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर–७ स्थित न्याउपाने गाउँमा जग्गा जमिन भएर पनि उपभोग गर्नका लागि पानी सिचाइको व्यवस्था नहुँदा त्यहाँ बसोबास गर्ने मानिसहरुले ईन्डियाको खाद्यान्न प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।
त्यहाँका मानिसहरुले आकाशे पानीको आस र भरमा मकै,गहुँ,लगायत अन्य बाली लगाउने गर्छन भने त्यसैमा धेरै जसो जंगली जनावरहरुले नोक्सानी गर्ने गर्दछ्न् । वरिपरिबाट जङ्गलको घेराभित्र पर्ने न्याउपानेको गाउँमा आकाशे पानीबाट उत्पादन भएको खाद्यान्न बाली ६ महिनासम्म पनि नपुग्ने भएकाले प्राय जसो गाउँ नजिकै रहेको सिमगजमरी टोलमा आफुले सकेको मजदुर गरेर घरपरिवारको जीविकोपार्जन गर्दै आएको स्थानीय बासी करण बुढाले जानकारी दिए ।
घरमा काम गर्न सक्ने खालका छोराछोरी घरपरिवारको अवस्था कम्जोर भएको कारणले गर्दा ईन्डियाको हिमाचल,चण्डीगढ,केरला,डिल्ली, लगायत अन्य ठाउँमा मजदुर गरेर पैसा कमाउने उदेश्य बोकेर धेरै जसो त ईन्डिया तिर जाने गरेको पाइन्छ । नजिकिदै गरेको दशै,तिहार मनाउनलाई र घर परिवारलाई भेट्ने मौका पारेर नेपाल आउने त्यसपछि फेरि पैसा कमाउन र मजदुर गर्न ईन्डिया फर्किने गर्दछ्न । नाकामा बसोबास गर्न लागेको करिब ४१/४२ सालदेखि गाइ,बाख्रा पालन गर्दै गर्दा त्यस ठाउँमा बस्ती बसोबास गर्ने क्रम बर्दै आएको स्थानीय मनिराम चौधरीले बताए ।
यति मात्रै नभएर त्यो गाउँमा करिब १०/१२ घरधुरी रहेका छन भने खानेपानीको लागी धेरै पहिले नै गाउँ टोलका सबै मिलेर बनाएको एउटा कुँवा छ त्यसैबाट सबैले खानेपानी प्रयोग गर्दै आएका छन् । त्यसैगरेर न्याउपाने गाउँमा खानेपानीको कुँवा पहिलेको भन्दा अहिले मुहान सुक्दै गएका कारण त्यहाँका मानिसहरु चिन्तितमा देखिएका छन । त्यस गाउँमा खानेपानी कुँवा मर्मतको लागि भनेर गत वर्ष १/२ लाख राजपुर गाउँपालिकाले बजेट पारित गरिदिएको थियो । बजेटलाई सदुपयोग गर्नको लागि त्यस गाउँमा बसोबास गर्ने युवा,युवतीहरु नहुँदा र अशक्त बुढा,बुढिहरु आफ्नो गाउँ,ठाउँबाट हिडेर वडा गाउँपालिकासम्म पुग्न नसक्ने भएकाले त्यहाँको बजेट अस्तव्यस्त भएको हो ।
त्यस्तै प्राय जसो त्यहाँ बसोबास गर्ने मानिसहरुको आफुलाई परिचीत बनाउने नेपाली नागरिता समेत छैनन । त्यसैले गर्दा पनि त्यहाँ बसोबास गर्ने मानिसहरुको जनजीवन कष्टकर बन्दै गएको छ । त्यस गाउँका ससाना भाइबहिनीहरु पढ्नको लागि त्यस गाउँबाट अनेन्त्र जाने गर्दछ्न त्यसैमा पनि १/२ घण्टाको गोरेटो बाटो हुँदै सिमगजमरी नाकाको नजप्रीय प्रा.वि विद्यालयमा पढ्न बाध्य रहेका छन । कहिले त विद्यालय पढ्न जान्छन त कहिले आमा–बुवाहरुसंग लागेर अरुको काम गर्न रहर भन्दा बाध्यता धेरै रहेको पाइन्छ । सधै पढ्न विद्यालय मात्रै जाने हो भने घरमा खानको लागि खाद्यान्न हुँदैन । त्यसैले कहिले विद्यालय जान्छन त अहिले अरुको काम गर्न रहर भन्दा बाध्यता रहेको त्यो गाउँको रहस्यमय कथा रहेको छ । यति मात्रै नभएर स्थानीय सरोकारवालाको पनि त्यो गाउँ,ठाउँमा कहिलै पनि पुगेर त्यहाँका स्थानीय बसोबास गर्ने मानिसहरुको गुनासो सुन्ने र भेटघाट कहिलै नभएको स्थानीय बासिन्दा शेर बहादुर वि.कले जानकारी दिए ।
बर्खा याममा हावापानीको डर चैत,बैशाख,जेठ महिनामा आगोको डर पीडित भएर बस्नु पर्ने बाध्यता राजपुर गाउँपालिका वडा नम्बर-७ स्थिति न्याउपाने गाउँ टोलका मानिसहरु परिवर्तन चाहाने आशा र भरोसा गर्दा गर्दै जिन्दगी नै सकियो स्थानीय बासीहरुको गुनासो रहेको पाएको छ । प्राय जसो नाका क्षेत्रमा पानीको सिचाइ कम रहेको हुँदा धेरै जसो नाकामा बसोबास गर्ने मानिसहरुको जग्गा जमिन जङ्गलले चारैतिरबाट घेराबन्दी बनाएको पाइन्छ । अनेन्त्र जिल्ला र ठाउँ भन्दा दाङ जिल्लाको देउखुरी नाका क्षेत्रका मानिसहरुले धेरै जसोले त खानेपानी,बाटो,विद्युत,फोन सेवा,स्वास्थ्य,शिक्षा लगायत अन्य कुराबाट नाका बासी धेरै भन्दा धेरै पीडित र बन्चित रहेका छन् ।
लाइभदाङ । १० आश्विन २०८१, बिहीबार १८:४१ बजे