चौतारीको स्थापना दिवसमा आजीवन सदस्य लक्ष्यित रचना वाचन कार्यक्रम सम्पन्न

दाङ, २९ माघ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राध्यापक डा.जीवेन्द्रदेव गिरीले साहित्यले समयको माग र आवाजलाई बाहिर ल्याउन मद्दत गरेको बताउनुभएको छ। साहित्यिक चौतारी नेपालले १० ओैं स्थापना दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजना गरेको आजीवन सदस्य लक्ष्यित रचना वाचन कार्यक्रमलाई सम्वोधन गर्दै गिरिले साहित्यले मानिसलाई थाहै नदिईकन भित्री मनदेखि बदल्ने तत्व भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गिरिले जीवनमा श्रम गर्न नछाड्ने मानिस एक दिन अवश्य सफल हुने धारणा राख्नुभयो । साहित्यिक चौतारी नेपालका अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यिक चौतारी नेपालका सल्लाहकार द्वय प्राध्यापक डा. देवी नेपाल र प्राध्यापक डा.भीम खतिवडा तथा साहित्यिक चौतारी नेपालका संस्थापक अध्यक्ष सन्दीप संग्रौला ुदिलदुखी लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साहित्यिक चौतारी नेपालका महासचिव रामप्रसाद सुवेदी संगमले सञ्चालन गरेको कार्यक्रममा साहित्यिक चौतारी नेपालका २१ जना सदस्यहरूले मुक्तक, कविता, गजल, गीत, गीति कविता लगायतका विभिन्न विधाका रचना वाचन गर्नुभएको थियो । साहित्यिक चौतारी नेपालले आफ्नो १० ओैं वार्षिककोत्सव आगामी फागुन १९ गते मधेश प्रदेशको वीरगञ्जमा विविध कार्यक्रम गरी मनाउने बताइएको छ।


कार्यक्रममा रचना वाचन गर्ने आजीवन सदस्यहरू
१. कमला भण्डारी ढकाल (मुक्तक)
२. तारा घिमिरे (कविता)
३. शंकर ढकाल (कविता)
४. प्रभा पोख्रेल (कविता)
५.तारस घिमिरे (मुक्तक)
६.रितादेवि प्रधान (कविता)
७.नवीन यात्री (गजल)
८. अप्सरा पुडासैनी (गीति कविता)
९.सिन्धु पौडेल (कविता)
१०.तारा बिष्ट छन्दार्पण (कविता)
११.धन बहादुर शाही (गजल)
१२. आदित्य अधिकारी (गजल)
१३. गोविन्दराज पौडेल (कविता)
१४.डि.आर. न्यौपाने सूर्य (गजल)
१५. लक्ष्मण शर्मा दाहाल (गजल)
१६.दुर्गा भुसाल (गीत)
१७.बालकृष्ण पौडेल (गजल)
१९.शर्मिला सापकोटा (गजल)
२०.राम लामा अभिनाशी (गीत)
२१.रोशन तिमिल्सिना (कविता)