कर्मचारी र जन प्रतिनिधि को सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ: प्रमुख प्रशासकिय अधिकृत मल्ल

निराश पाण्डे
शान्तिनगर, १८ मंसिर ।
प्युठानबाट सरुवा भइ शान्तिनगर गाउँपालिकामा आउनु भएका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध नङ र मासुको जस्तो हुनपर्ने अन्यथा दुरी टाढा वनाएर गएमा गन्तव्यमा पुग्न नसकिने बताउनु भएको छ ।

सोमवार शान्तिनगर गाउँपालिकाले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो । प्रमुख प्रशासकिय अधिकृत मल्लले शान्तिनगरका विभिन्न स्थानहरूमा सार्वजनिक शौचालयहरू निर्माण गर्नुपर्ने बताउदै अधिकृत मल्लले फोहर व्यवस्थापन गर्न पनि उत्तिकै आवश्यक रहेको बताउनु भएको छ । अधिकृत मल्लले समृद्धिको यात्रामा अगाडी बढ्न सबै एकमत हुनुपर्ने समेत बताउनु भएको छ ।


आफ्नो यो दोस्रो कार्यकाल भएको बताउँदै कर्मचारीहरुलाई आफ्नो पदमा रहदासम्म इमान्दारीता पूर्वक काम गर्न समेत निर्देशन दिनुभएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष प्रेमा बुढाथोकी के.सी गाउँपालिका का प्रवक्ता मिन बहादुर के.सी लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।

उक्त कार्यकममा गाउँपालिकाका कर्मचारी जनप्रतिनिधिु पत्रकार तथा स्थानीय व्यक्तिहरूको सहभागीता रहेको थियो आज नै प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले विभिन्न शाखाको निरिक्षण समेत गर्नु भएकोछ । यस अघिका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीको पांचथर जिल्लाको कुम्मायक गाउँपालिकामा सरुवा भएको छ । उक्त स्वागत एवं सम्मान कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख कृष्ण कंडेलले गर्नु भएको थियो ।