भूमे गाउँपालिका वडा नं २ र ६ मा बैँला कुकुरको आतंक फैलिएको छ । कुकुर वडा नं ६ नैमाक्याङ हुँदै महत गाउँमा प्रवेश गरेको हो । कुकुरले गाउँमा बस्तुभाउ र मानिसलाई टोक्दै हिड्न थालेको स्थानिय बासिन्दाहरुले बताएका छन ।
महत गाउँमा १ जना मानिस, २ ओटा गाई, ३ ओटा कुकुरलाई टोकेर दर्जनौं कुकुरसंग लसपस गरेको छ । कुकुर सोमबार गाउँमा प्रवेश गरेको ६ नं वडा अध्यक्ष देव बहादुर बुढाले जानकारी दिनुभएको छ ।
भुमे २ को सैपातुङ र मा पनि २ ओटा गाई २ ओटा बंगुर ३ ओटा बाख्रालाई टोकेको छ । कुकुर महतबाट भागेर आएको हो । कुकुरलाई सैपातुङमा स्थानियहरुले नियन्त्रणमा लिएको बताएका छन ।
भूमे गाउपालिका पशु सेवा शाखाबाट खटिएको टोलिले वस्तुभाउलाई रेबिज बृरुद्धको खोप लगाएको छ । खटिएका प्राविधिकहरुले महतमा ५ ओटा र सैपातुङमा ७ ओटा बस्तुभाउलाई पोष्ट बाईट ए आर भि खोप लागाएका हुन ।
रेविजको क्रास बढ्दै गएपछि रेविज खोप खोज्दै गाउँपालिका आउने किसानको संख्या बढेको छ । कुकुरलाई गाउँपालिका पशु सेवा शाखा मार्फत रेविज बृरुद्धको खोप लगाईरहेको छ । पशु सेवा शाखामा ३०० डोज रेविजको खोप मौजुदा रहेको शाखाले बताएको छ ।
लाइभदाङ । १३ फाल्गुन २०७८, शुक्रबार ०९:२८ बजे