दाङ, १८ साउन ।
दाङको लमही नगरपालिका वडा नं. ५ निवासी ३५ वर्षीय दिपक खनाल सवारी दुर्घटनामा परे । देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयबाट घर फर्किने क्रममा २०७४ साल पुस ११ गते बेलुका ४ बजे तिर बिपरित दिशातर्फ बाट आइरहेको भारतीय नम्बर पिलेटको कारले रा ३ प ९४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा खनालको बायाँ खुट्टामा गम्भीर चोट लाग्यो ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग लमहीमा रहेको फलोरेन्स् अस्पतालमा प्राथमिक उपचार सम्भव नभएपछि तत्काल एम्बुलेन्स बोलाइ खनाललाई थप उपचारको लागि चौराह अस्पताल बुटवल पु¥याइयो । चौराह अस्पताल बुटवलमा तीन महिना उपचार गरियो । त्यहाँ पनि उपचारको सम्भव नभएपछि पुनः त्यसपछि काठमाडौ वर्न सेन्टर अस्पतालमा खनाललाई पु¥याइयो ।
चार÷पाँचवटा अस्पताल डुल्दा समेत खनालको बायाँ खुट्टामा लागेको चोटको उपचार नेपालमा सम्भव नभएपछि त्यसपछि तत्कालै भारतको नयाँ दिल्ली अपोलो अस्पताल लगियो । सामान्य उपचार पश्चात खनाल बाह्रमहिना पछि घर फर्किए । पुनः तीन महिना पछि भारतको सोहीअस्पतालमा थप उपचारको लागि पुगेका खनालको बायाँ खुट्टामा लागेको गम्भीर चोट उपचारमा सम्भव नदेखिएपछि बायाँ खुट्टाको घुडा देखि तलको भाग काटियो । दिपक खनाल देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालय लमहीमा शिक्षण पेशामा आवद्व हुनुहुन्छ ।“ऋणधन गरि करिब १ करोड खर्च भयो तर, पुरानो खुट्टा फर्काउन सकिएन, खनालले भने ‘तीन वर्षपछि कृतिम खुट्टाको सहारामा शिक्षण पेशामा फर्किए ।’
उनै दीपकले उपचार खर्च जुटाउन ‘चम्किलो आभा’ नामक पुस्तक लेखेका छन् । खनालले लेखेको चम्किलो आभा नामक पुस्तकको विमोचन गरिएको छ । करिब पाँच महिनामा तयार गरिएको चम्किलो आभा पुस्तकको एन–प्याब्सन दाङका जिल्ला उपाध्यक्ष एवम देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयका प्रधानध्यापक भुमाण्डप केसीले सोमबार एक कार्यक्रमका बिच विधिवत रूपमा विमोचन गरेको हो । उनले यस पुस्तकले पक्कै समस्या भोगेकाहरुलाइ प्रेरणा तथा मार्गदर्शन प्रदान गर्ने बताए । यो पुस्तक सत्य घटनामा आधारित हो । ‘जस्तोसुकै दुःख, कष्ट, पीडाका बाबजुद पनि मुहारमा मन्द मुस्कान लिएर कसरी अगाडि बढ्ने ? भन्ने अत्यावश्यक कुरा उल्लेख गरिएको छ’ दिपक खनालले भने ।
‘यो पुस्तक बिक्रिबाट गरि संकलित रकमले खनालको लागि कृतिम खुट्टा खरिद गर्ने र बाँकी अन्य रकमले म जस्तै अशक्त, अपांग भई आफ्नो जीवनयापन कठिन भएकालाई सहजीकरणका लागि ह्वीलचियर, वैशाखी सहयोग गर्ने उद्देश्य रहेको छ, खनालले भने । किताबको लागि सोही विद्यालयका शिक्षक किशन भट्टराई र रावल पुस्तक पसल लमहीमा सम्पर्क गर्न अनुरोध गरिएको छ । पहिलो चरणमा एक हजार पिस किताब प्रकाशित गरिएको छ । थप माग अनुसार प्रकाशन गर्ने खनालले जानकारी दिए ।
लाइभदाङ । १८ श्रावण २०७८, सोमबार ०९:०९ बजे