दाङ ।
दाङमा माधव नेपालको ‘टिम’ बलियो थियो । देशभरमै बलियो भएको एउटा जिल्लाका रुपमा दाङलाई लिइन्थ्यो । किनकी दाङमा जिल्ला अध्यक्ष टिकाराम खड्का नै माधव नेपालका विश्वासका पात्र थिए । त्यस्तै युवराज ज्ञवाली, भागवत विश्वासी, मेटमनी चौधरी, हिराचन्द्र केसी,सुरामनी बेलवासे लगायतका नेताहरु माधवको समूहमा थिए । त्यो भन्दा पहिला शोभाराम बस्नेत, छबिलाल ओली माधव नेपाल समूहमै थिए ।
बस्नेत र ओली तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुँदा नै माधव नेपालको साथ छोडेर केपी तिर लागे । बामदेव गौतमको कोटाबाट टिकट पाएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेपनि गौतमको अस्थिर पनका कारण केपीलाई नै रोजे ।
त्यसपछि पनि जिल्लामा ज्ञवाली, विश्वासी, खड्का, केसीसहितले दह्रो साथ दिदा पार्टी जनस्तरमा बलियो थियो । तर, अन्तिम स्थितिमा माधव नेपालले पार्टी फुटाउँदा एमालेका केन्द्रीय उपाध्यक्ष समेत रहेका युवराज ज्ञवालीले माधव नेपालको साथ छोडे । ज्ञवालीसहित दोस्रो तहका नेताले साथ छोडेपछि त्यसको प्रभाब दाङमा समेत प¥यो ।
भदौ २२ गते मंगलबारसम्म जनप्रतिनिधिलाई पार्टी रोज्ने समय तोकिएको थियो । त्यही दिन एमाले लुम्बिनी प्रदेशको बैठकले टिकाराम खड्कालाई एमाले दाङको अध्यक्षमा निरन्तरता दिने निर्णय ग¥यो । त्यसको प्रभाब जनप्रतिनिधिहरुमा प¥यो । यसअघि खड्कालाई एमालेले जिल्ला अध्यक्ष स्वीकार गरिरहेको थिएन । हुकम बस्नेतलाई एमाले दाङको जिल्ला अध्यक्ष बनाएर गतिबिधि गर्दै आएको थियो ।
तर, २२ गतेको बैठकले एमाले दाङको अध्यक्षमा टिकाराम खड्कालाई निरन्तरता दिने निर्णय गरेपछि एमालेमै रहने आन्तरिक सहमति भएको बुझिएको छ । यद्यपी खड्काले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् । खड्का न्यूट्रल हुँदा अहिले एकीकृत समाजवादीका हरेक कार्यक्रमहरु जिल्ला सचिब हिराचन्द्र केसीको अध्यक्षतामा हुँदै आएका छन् । खड्कासंगै एमाले उपसचिब भएपछि कृष्ण भुषालले पनि माधव नेपालको साथ छोडेका छन् । तर, जनस्तरमा आफ्नो संगठन बलियो रहेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य भागवत विश्वसीले बताए । युवा संघ क्षेत्र नं. ३ ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
जनप्रतिनिधिमा परेको प्रभाब
दाङमा माधव समूहलाई साथ दिएका तीन जना स्थानीय तह उपप्रमुख थिए । बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्मा, घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने र गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी । यी तीनमध्ये चौधरीले मात्रै एकीकृत समाजवादी रोजिन ।
अन्य दुइजना एमालेमै रहे । यो टिकाराम न्यूट्रल रहनुको परिणाम रहेको एमाले नेताहरु बताउछन् । जिल्लामा एमालेले ३० वटा वडा जितेको थियो । ति मध्ये दुई जना वडाध्यक्षले मात्रै एकीकृत समाजवादी रोजे । घोराही ४ का वडाध्यक्ष भिमबहादुर सार्की र तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष भुपबहादुर केसीले एकीकृत समाजवादी रोजे । एक उपप्रमुख सहित २१ जनाले एकीकृत समाजवादी रोजेका हुन् । दाङमा एमालेका ६ प्रमुख र ४ जना उपप्रमुखले चुनाब जितेका थिए ।
साथै संघीय सांसदमा मेटमनी चौधरी र हिराचन्द्र केसी एकीकृत समाजादीमा सक्रिय भएका लागेका छन् । प्रदेश सांसद भने एकीकृत समाजवादीको पक्षमा दाङबाट शून्य छन् ।
यी हुन्, दाङमा एकीकृत समाजवादी रोज्नेहरु :
दाङबाट एकीकृत समाजवादी रोज्नेहरु :
१ – गढवा गाउँपालिका उपाध्यक्ष शान्ती चौधरी
२ – तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ अध्यक्ष भुपबहादुर केसी
३– घोराही उपमहानगरपालिका वडा नं. ४ अध्यक्ष भिमबहादुर सार्की
४– जिल्ला समन्वय समिति सदस्य सावित्रा रिजाल
५ – जिल्ला समन्वय समिति सदस्य तिलाकुमारी बुढा
६ – तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य चित्रा मल्ल
७ – गढवा गाउँ कार्यपालिका सदस्य देविदाल दुढराज
८ – राजपुर गाउँ कार्यपालिका सदस्य भक्तबहादुर विक
९ – घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य धनबहादुर कुसुन्डा
१० – घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य डिल्ली नेपाली
११–घोराही उपमहानगरपालिका वडा नं. ४ का सदस्य रचनी चौधरी
१२ – घोराही उपमहानगरपालिका वडा नं. १२ सदस्यय पुष्प विक
१३ – घोराही उपमहानगरपालिका वडा नं. १६ का सदस्य खिमा घर्ती
१४ – गढवा गाउँपालिका वडा नंं. २ का सदस्य राधेश्याम थारु कुमाल
१५ – तुलसीपुर उपमहानगरपालिका वडा नंं. १६ का सदस्य डन्डबहादुर केसी
१६ – तुलसीपुर उपमहानगरपालिका वडा नंं. १६ का सदस्य रमा भण्डारी
१७– तुलसीपुर उपमहानगरपालिका वडा नंं. १६ का सदस्य जनक चौधरी
१८ – तुलसीपुर उपमहानगरपालिका वडा नंं. १९ का सदस्य स् केशर पुन
१९ – तुलसीपुर उपमहानगरपालिका वडा नंं. १९ का सदस्य जयबहादुर विक
२० – तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का रमादेवी नेपाली
अरु को–को छन्, माधव नेपालको साथमा
मेटमणी चौधरी, भागवत विस्वासी र अनारकली मिया केन्द्रीय सदस्य छन् । त्यस्तै हिराचन्द्र केसी, तत्कालिन उपसचिब सुरामनी बेल्वासे, पूर्वध्यक्ष जोगबहादुर राणा, चुर्णबहादुर वली, पदम केसी, अमित शर्मा, रुपबहादुर खत्रीलगायत नेताको साथ छ । माधव नेपालको टिम वडा–वडामा पनि छ ।
दाङमा यो मात्रै होईन्, यो भन्दा पहिला पनि समानान्तर कमिटिको अभ्यास भएका थिए । तत्कालिन अध्यक्ष जोगबहादुर राणाको पालामा तत्कालिन सचिब हुकुम बस्नेतले समानान्तर कमिटि चलाएका थिए । यसल गर्दा पनि तल–तलसम्म जिल्लामा माधव नेपालको पक्षमा कित्ताकाट भएका थिए । त्यसले गर्दा पनि माधव नेपालको समूह जिल्लामा त्यति कम्जोर नभएको विश्लेषण हुने गरेको छ । शंकर पोखरेलकै वडा तुलसीपुर १९ का तीन जना जनप्रतिनिधिले माधव नेपाल रोजेका छन् । साभार: अग्रिम साप्ताहिक
लाइभदाङ । २ आश्विन २०७८, शनिबार ०८:०४ बजे