घोराही– तुलसीपुर सडक खण्ड ग्वारखोलामा बन्द

तुलसीपुर,१५ पुस ।
दाङको तुलसीपुर– ७ निवासी शुरेस विश्वकर्मालाई ३ महिना अघि टिप्परले ठक्कर दिएर गम्भीर घाईते भएपनि टिप्पर धनीले खर्च नदिएपछि मंगलबार घोराही– तुलसीपुर सडक अन्तर्गत ग्वारखोलामा सडक अबरूद्ध गरिएको छ ।

पीडित पक्षले दिउसो २ बजेदेखि सडक अवरुद्ध गरेका हुन् । केही दिनअघि सडक अवरुद्ध गर्दा तीन लाख रुपैयाँ दिने भन्ने सहमति भएपनि अहिलेसम्म नदिएको गुनासो छ।


विश्वकर्माको हाल भारतमा उपचार भइरहेको छ। टिप्पर निर्माण व्यवसायी ईश्वर पुनको रहेको छ ।