भानुभक्त माध्यमिक बिधालय कौशिलापुरमा अखील नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी संगठनको कमीटी गठन

राम प्रसाद सुवेदी (रेडियो हापुरे)

फागुन ११ हापुरे ।


अखील नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी संगठन बबईले भानुभक्त माध्यमिक बिधालय कौशिलापुरमा कमीटी गठन गरेको छ । अखील नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी संगठन बबइका अध्यक्ष शीब कुमार खत्रि तथा अखील नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी संगठनका केन्द्रीय कमिटी सदस्य बर्षात भण्डारीको उपस्थितिमा ७५ सदस्यीय कमिटी गठन गरिएको हो ।

कमीटीको अध्यक्षमा यम बहादुर बुढाथोकी, उपाध्यक्षमा सुदिप भण्डारी, सचीवमा रबिना अधिकारी, उपसचीवमा भुपाल वलि र करुणा चौधरी र खेलकुद संयोजकमा बरुण गन्धर्व रहनुभएको छ।।