पञ्चकुले खानेपानीमा एमाले–माओवादी गठबन्धन विजयी

दाङ, ५ चैत । दाङको पञ्चकुले सुधार बिस्तार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा एमाले–माओवादी गठबन्धन बिजयी भएको छ। बबई गाउँपालिका वडा नम्बर ६ र शान्तिनगर गाउँपालिका वडा नम्बर १ का उपभोक्ता रहेको उक्त खानेपानीको निर्वाचनमा चुनावमा चुनाव चिन्ह धारा सहित नेकपा एमाले, माओवादी केन्द्र लगायतका दल सम्मेलित गठबन्धनको तर्फबाट खुम बहादुर वली नेतृत्वको प्यानल नै बिजयी भएको हो।

गठबन्धनका वली ५ सय ११ मत सहित बिजयी भएका हुन्, भने उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका तर्फबाट उमेदवार बनेका दर्व सिंङ केसीले ३ सय ६९ मत प्राप्त ल्याएका थिए ।

त्यस्तै गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उमेदवार चन्द्र बहादुर साठिघरेले ४ सय ९२ सचिव पदका उमेदवार कृष्ण सारुले ४ सय ८८ , कोषाध्यक्ष पदका उमेदवार दुर्जी घर्तीले ४ सय ६६ मत सहित बिजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी काङ्ग्रेसका उपाध्यक्ष पदका उमेदवार चित्र बहादुर डाँगी ३ सय ७७, सचिव पदका उमेदवार पोखर सिङ घर्ती ३ सय ८१ र कोषाध्यक्ष पदका उमेदवार सपना मगर ३ सय ८९ मत सहित पराजित भएका थिए ।


गठबन्धनका दलित महिला सदस्य ४ सय ८८, खुला सदस्य ४ सय ७३, सदस्य ९ १० ४ सय ५४, सदस्य ९ २ ० ४ सय ३३ मत सहित बिजयी भएका छन् । प्रतिस्पर्धी काङ्ग्रेस तर्फका बदलित महिला सदस्य ३ सय ६७, खुला सदस्य ४ सय २ , सदस्य ९ १० ३ सय ७२, सदस्य ९ २ ० ३ सय ५७ सहित पराजित भएका छन् ।

शनिबार शान्तिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको बिरेन्द्र माध्यमिक बिधालयमा सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या ९ सय ६१ रहेकोमा ९५ प्रतिशत अर्थात ९ सय मत खसेको थियो । विजयी उम्म्दवारलाई शान्तिनगर गाउँपालिका वडा न‌ं. १ का अध्यक्ष जंगबहादुर पुनले प्रमाणपत्र वितरण गरेका हुन् ।