बाल विवाह अन्त्यकालागि गाउँपालिकालाई सुझाब

तुलसीपुर,२७ असोज ।
दंगीशरण गाउँपालिकामा गठित महिला र बाल क्लबहरुले बालविवाह अन्त्य तथा लैंगिक समानता तथा समावेशीता सम्बन्धि रणनीति कार्यान्वयनकालागि सुझाब पेश गरेको छ । विहीबार गाउँपालिकामा पुगेर उक्त सुझाब पेश गरिएको हो ।

समाजमा वातावरणीय शिक्षाको विकास(सीड) अन्तर्गत गठीत पालिका स्तरीय बाल क्लब सञ्जाल, किशोरी सञ्जाल,अपाङ्गता सञ्जाल,महिला अधिकार सञ्जालले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष सम्भु गिरीलाई हस्तान्तरण गरेका हुन् ।


गाउँपालिकामा अझै पनि बालविवाह हुने गरेको, लंगिक हिंसा हुने गरेको तथा समावेशीता कार्यान्वयनमा समस्या हुने गरेको भन्दै यसलाई न्यूनिकरण गर्न गाउँपालिकाले पहल थाल्न सुझाब दिईएको हो । त्यस अवसरमा गाउँपालिका अध्यक्ष गिरीले बालविवाह, लैंगिक हिंसा अन्त्य गर्न पालिकाले नीति लिएको भन्दै यसमा दिईएका सुझाबहरुलाई मनन् गर्ने बताए ।

त्यस अवसरमा सीडका कार्यक्रम संयोजक उमेश खरेल, सामाजिक परिचालक सीता चौधरीलगायतको सहभागिता रहेको थियो ।