केपीलाई प्रधानमन्त्री दिएर भएपनि एमसीसी पास गर्ने देउवाको रणनीति छ: शर्मा

दाङ
११ फागुन / नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य दामा शर्माले एमसीसी जसरी भएपनि पास गर्न देउवा लागिरहेको बताएकी छिन् । मंगलबार पूर्व सांसद उत्तरकुमार वलीको तेस्रो स्मृद्धि दिवसमा आयोजित श्रद्धाञ्जलीसभामा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भएपनि एमसीसी पास गर्ने रणनीतिमा रहेको बताएका छिन् ।‘यदि गठबन्धनले एमसीसी पास गर्न सहयोग नगरेमा गठबन्धन तोडेर केपीलाई प्रधानमन्त्री दिएर भएपनि एमसीसीलाई पास गर्ने रणनीतिमा देउवा रहेको बुझिन्छ’,उनले भनिन्‘हाम्रो पहल जसरी भएपनि फेल बनाउने मै रहन्छ ।’

उनले यो राष्ट्रिय इस्यू भएकाले अहिले एमालेले संसद चल्न नदिएको अबस्थामा संसदमा यो टेवल नगर्ने र राष्ट्रिय सहमति गरेर मात्रै अघि बढ्ने भन्ने माओवादी केन्द्रको अडान रहेको भएपनि देउवाले टेबल गरेरै छोडेको समेत उनले बताईन् ।
माओवादी केन्द्रले चुनाब पछि मात्रै यसलाई अघि बढाउने गरि सल्लाह दिएको भएपनि देउवाले त्यो नमानेको समेत उनको भनाई थियो ।

अमेरिकाको मध्ये एसिया हेर्ने मन्त्रीले नेपालका तीन जना ब्यक्तीलाई पटक–पटक फोन गरेको र धेरै दवाव आएको समेत उनले खुलाईन ।‘भारतले जस्तो हस्तक्षेप अमेरिकाले पनि ग¥यो’,उनले भनिन्‘ नेपालका तीन नेतालाई अमेरिकाको मध्य एसिया हेर्ने मन्त्रीले पहिलो पटक फोन गरेर दवाब दिए ।’ एकल मतले भएपनि पारीत गर्ने देउवाको रणनीति भएको भन्दै माओवादी गठबन्धनमा भएपनि विपक्षमा रहेको उनको भनाई छ ।


अहिले एमालेले संसदमा विरोध गरिरहेको भन्दै यो विरोध कायम रोखेमा फेल हुन सक्ने भएपनि माओवादी, माधव नेपाललाई सरकारबाट झार्ने र काँग्रेस संग सहकार्य गरेर एमसीसी पारित गर्ने एमालेको रणनीति भएको समेत उनको भनाई छ । एमसीसी पास गर्न सहयोग गर्ने र सरकारको नेतृत्व गर्ने एमालेको रणनीति भएको उनले बताए । ‘माओवादी र माधव नेपाललाई सरकारबाट झार्ने र एमससीसी पनि पास गर्ने र सरकारको पनि नेतृत्व गर्ने एमालेको रणनीति देखिन्छ’,उनले भनिन्‘ माओवादीलाई सरकार छोड्न दबाब धेरै आएको छ, यदि माओवादीले सरकार छोडेमा केपीले काँग्रेससंग मिलेर एमसीसी पास गर्छन्, त्यही भएर पनि गठबन्धनमै रहेर एमसीसीको विरोध गरिरहेका छौं, हामी गठबन्धन छोडे एमाले काँग्रेससंग गठबन्धन गर्न आईहाल्छ ।’

साथै उनले एमसीसी संसदमा नलिएर अर्थका सहसचिबले हस्ताक्षर गरेर पनि भित्र्याउन सकिने भएपनि केपी वलीको सरकारकापालामा अमेरिको दलाली गरेर संसदबाट पास गरेर कानुन सरह बनाउन खोजेको समेत उनको आरोप थियो । अहिले अर्थ मन्त्रीलाई पनि एमसीसी पारीत गर्न धेरै दवाव आएको समेत शर्माको भनाई छ ।