दाङमा यात्रुबहाक बस दुर्घटना : २३ जना घाइते

दाङ,१६ जेठ । लमही- कोइलाबास सडक देउखुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीका अनुसार चिसापानीमा रा १ ख ८३३ बस दुर्घटनामा परेको छ ।


काेइलाबास देखि लमही तर्फ जाँदै गरेकाे बस दुर्घटनामा परेको हो । घाइतेहरूकाे लमही अस्पतालमा उपचार भइरहेको छ । बस र चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।