एमसीसीको सन्दर्भमा माओवादीले अडान लिएन भने विघटन हुन सक्छ: कुबेर वली

तुलसीपुर
१० फागुन / नेकपा माओवादी केन्द्रका नेता कुबेर वलीले एमसीसीलाई फेल गर्ने माओवादी केन्द्रले अडान लिएको बताएका छन् । यदि पार्टीले यो अडान छोडेमा पार्टी बिघटन हुन सक्ने समेत बताएका छन् ।

‘एमसीसीका सन्दर्भमा अहिले पार्टीले अडान लिएको छ’,उनले भने‘यदि पार्टीले यो अडानमा रहेन भने हुँदने, पार्टी बिघटन हुन सक्छ ।’


उत्तरकुमार वलीको तेस्रो स्मृति दिवसमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्य मन्त्री तथा उत्तरकी श्रीमति विमला कुमारी वलीले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताए ।

उनले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने समेत बताए ।