
सल्यान, ११ कात्तिक ।
सल्यानमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोकालाई अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय देवस्थल सल्यानले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा रोकाको घर नजिकै बाँसका झ्याङभित्र सुकेको स्याउलाले छोपेको अवस्थामा फेला पारेको देवस्थलका प्रहरी वरिष्ठ नायव निरीक्षक नेत्र बहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका रोकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवस्थलमा राखिएको प्रहरीको भनाइ छ



लाइभदाङ । १२ कार्तिक २०८२, मंगलवार ०९:१५ बजे