काठमाण्डौबाट दाङ आउँदै गरेको बस ट्रकसंग ठोक्किदा एक जनाको मृत्यु

दाङ, ९ असोज ।
काठमाण्डौबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा ट्रकसंग ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने ३२ जना घाइते भएका छन् । दुर्घटनामा परि प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर २ घर भई दाङको सिसहनीयमा बस्दै आएकी २५ वर्षिय बिमला पुनको मृत्यु भएको हो ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ मा ट्रक र बस एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिनुभयो । काठमाण्डौबाट दाङका लागि छुटेको ना ७ ख ५९५९ नम्बर बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ५६६५ ट्रक शनिबार दिउँसो सवा तीन बजेतिर एक आपसमा ठक्कर खाँदा बसमा सवार पुनको मृत्यु भएको हो ।


बसमा सवार ३२ जना रहेको र एक जनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २६ जनाको उपचार भइरहेको छ, भने ५ जना डिस्चार्ज भइसकेका छन् ।