समाजवादको प्रसव वेदना र माओवादी केन्द्रको साधना

जगप्रसाद शर्मा ‘अपार’
संघर्षले जीवनको जन्म दिन्छ, जीवनले संघर्षलाई नेतृत्व प्रदान गर्दछ । यो अनन्तकालसम्म चलिरहने ऐतिहासिक प्रकृया हो । पुरानो उत्पादन सम्बन्ध र नयाँ उत्पादक शक्तिबीचको संर्घष जब उत्र्कषमा पुग्छ तब नयाँ उत्पादन प्रणाली जन्मिन्छ । आफैभित्र जन्मिएका नयाँ भ्रुणहरुले नै स्वयम्को अन्त्य गरिदिन्छन् । दास युगकै गर्भभित्र जन्मिएका नयाँ भ्रुणहरुले दास प्रथाको अन्त्य मात्रै गरेनन्, सामन्ती युग अस्तित्वमा ल्याए । सामन्ती युगकै गर्भमा जन्मिएका भ्रुणहरुले पुँजीवादी युग अस्तित्वमा ल्याए । अब पुँजीवादी युगको गर्भभित्र जन्मिएका भ्रुणहरुले एकातिर पुँजीवादको अन्त्य गर्नेछन् भने अर्कोतिर समाजवादको जन्म दिनेछन् । यो समाज विकासक्रमको नियम हो, यो सार्वभौम छ र शास्वत छ ।

समाज विकासक्रमको नियम जसले बुझ्छ, लागु गर्छ, उसले मात्रै नेतृत्व प्रदान गर्न सक्छ । अबको सिंगो समाजको भविष्य समाजवादमा मात्र छ । नेपाल र नेपाली समाजको भविष्य समाजवादबाहेक अन्यत्र कतै छैन । यति बेला हाम्रो समाजवाद प्रसव वेदनाबाट गुज्रिरहेको छ । यो प्रसव वेदना भनेको पूँजीपति वर्ग र श्रमजीवी मजदूर वर्गबीचको संघर्ष हो । पुँजीवादी उत्पादन सम्बन्ध र समाजवादउन्मुख उत्पादक शक्तिबीचको संघर्ष हो । अग्रगमन र प्रतिगमनबीचको संघर्ष हो । राष्ट्रि«य स्वाधीनता र राष्ट्रि«य आत्मसर्मपणवाद बीचको संघर्ष हो । समग्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षक बन्ने कि भक्षक बन्ने भन्नेमा नै हो । नेपाल र नेपालीको भविष्य संकटग्रस्त बन्दै गरेको पुँजीवादमा हैन, प्रसव वेदनाबाट गुज्रिरहेको सुन्दर समाजवादमा मात्र अन्तरनिहीत छ ।

ऐतिहासिक दृष्टिकोणबाट हेर्दा नेपालमा एकातिर सामूहिक अभ्यासका प्रशस्त अवशेषहरु भेटिन्छन् भने अर्कोतिर स्वतन्त्रता, स्वाभीमान र समानताका लागि बलिदानीपूर्ण संघर्षहरुको गौरवपूर्ण इतिहास भेटिन्छ । धेरै लामो र कठिन राजनीतिक संघर्षपछि ऐतिहासिक संविधानसभाबाट समाजवादउन्मुख संविधान बनेको छ भने अर्कोतिर इस्पातजस्तै खारिएर आएको र बहुसंख्यक बाम जनमत छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुमा आफ्नो स्थापनाकालदेखि कहिल्यै नझुकेको र नगलेको कम्युनिष्ट पार्टी छ । निरंकुश सामन्ती राजतन्त्र ढलिसकेपछि अगाडि आएको दलाल, नोकरशाही, पूँजीवादले आफ्नो मालिकको आडभरोसामा आफूलाई केही बलशाली देखाउन खोजे पनि कमजोर बन्दै गएको छ । छिमेकी राष्ट्र चीनलगायत विश्वका कतिपय देशहरु आफ्नै मौलिकता र विशेषता बोकेको समाजवाद अभ्यास गरिरहेका छन्, जो हाम्रा लागि अनुकरणीय उदाहरणहरु बनिरहेका छन् । उपरोक्त संक्षिप्त विश्लेषणले के देखाउँछ भने नेपालमा समाजवाद निर्माणको आधार मजबुत बन्दै गइरहेको छ ।

संविधानको मूल प्रस्तावनामै समाजवादउन्मुख संघीय लोकतन्त्र उल्लेख हुनु, व्यापक र बलियो बाम जनमत हुनु समाजवाद निर्माणको सबैभन्दा बलियो सम्भावना र आधार हो । यो विशेष सम्भावनालाई वास्तविकतामा बदल्ने पवित्र इच्छासहित शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यअनुरुप २०७४ मंसिरको आम चुनाव (¬संघ र प्रदेश) मा माओवादी केन्द्र र एमाले पार्टीबीच चुनाबी गठबन्धन गरियो । यो गठबन्धनलाई ५० लाखभन्दा बढी मतदाताले अनुमोदन गरे । झण्डै दुई तिहाइ मत गठबन्धनको पक्षमा व्यक्त भयो । २०७५ जेठ ३ गते मदन आश्रितलाई विशेषढंगले स्मरण गर्दै पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भयो । नेपाल र नेपाली जनतामात्रै होइन, विश्वभरिका मुक्तिगामी जनसमुदायहरुमा खुशीको नयाँ तरंग पैदा भयो । विडम्बना ३ वर्ष पुग्दानपुग्दै कम्युनिष्ट केन्द्र अर्थात एकताको खुशी र हाँसो दुःख आँशुमा परिणत भयो ।

केपी ओली प्रवृत्ति एकताको लागि भयानक ढंगले बाधक बनेर आयो । कम्युनिष्ट केन्द्र बनाउने नियत र उद्देश्य अथवा नेपालका सबै कम्युनिष्टहरु एउटै केन्द्रमा केन्द्रित हुने अभियान कहिल्यै गलत हुँदैन । माओवादी र एमालेको एकता ठीक थियो, ठिक छ र ठिक भइरहेको छ । योभित्र देखापर्ने पात्र र प्रवृत्ति खराब हुन सक्छन् । इतिहास निर्मम हुन्छ । भविष्य त्यसको हकदार हुन्छ । केपी प्रवृत्ति एकदिन सबैले बुझ्ने गरी सतहमा आउने नै छ । पार्टी एकता केवल दुई तिहाइ जनमत, प्रम र राष्ट्रपतिका पद प्राप्ति, असीमित रुपले जागेको शक्तिको भोक र नयाँ महाराजा बन्ने कुत्सित मनशायमात्र लुकेको रहेछ । तर पनि पार्टी एकता गर्नु सही थियो । बरु केपी प्रवृत्ति समयमै चिन्न नसक्नु र सिंगो पार्टी पंक्तिलाई बुझाउन नसक्नु गम्भीर गल्ती भएको छ ।

कम्युनिष्ट पार्टीको मूल नेतृत्वको सरकारले संविधान मिचेको, लोकतन्त्र मासेको र राष्ट्रियतामा आँच पु¥याएको समग्रमा प्रतिगामी कदम चालेको तीतो सत्य सबैका सामु छर्लंग छ । कम्युनिष्ट पार्टीले नै मूल नेतृत्वका विरुद्ध झण्डा उठाएर सडक, सदन र अदालतसम्म पुगेर प्रतिगमन ढालेको ऐतिहासिक परिघटना पनि स्पष्ट नै छ । आन्दोलनका उपलब्धिहरुको रक्षा गरेर मात्र थप उपलब्धिहरु प्राप्त गर्न सकिन्छ । उपलब्धिहरुको रक्षा गर्न र थप उपलब्धिहरु प्राप्त गर्नको निम्ति आफ्नो शक्तिमात्र पर्याप्त नहुँदा संयुक्त मोर्चा गठन गर्नु स्वाभाविक नै हो ।

यतिबेला बाम लोकतान्त्रिक गठबन्धनले प्रतिगमन परास्त गर्दै सरकारको नेतृत्व गरिरहेको छ । संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने र सुशासन कायम गर्र्दै समृद्धिलाई नयाँ उचाइँ प्रदान गर्ने कार्यभार पूरा गर्दै छ । एकातिर प्रतिगमनलाई सम्पूर्णरुपले परास्त गर्नुछ भने अर्कोतिर केपी प्रवृत्तिबाट भ्रमित भएको जनमतलाई स्पष्ट पार्नु छ । एकातिर केपी प्रवृत्तिले साढे तीन वर्षसम्म गरेको फोहोर सफा गर्नु छ भने अर्कोतिर जनअपेक्षा पूरा गर्दै समृद्धिको यात्रा अगाडि बढाउनु छ । अझ सर्वाधिक ठूलो र महत्वपूर्ण कुरा माओवादी पार्टी र यसको नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्दै समाजवाद निर्माणको ऐतिहासकि कार्यभार पूरा गर्नु छ ।

यो कटुसत्य हो कि माओवादी पार्टी र यसको मूल नेतृत्व कमरेड प्रचण्डले अगाडि सारेको भिजन र मिसनले नै देशको परिवर्तन सम्भव भएको हो । अब पनि यही पार्टी र यही नेतृत्वले अगाडि सारेको भिजन र मिसनले मात्रै जनताको जीवनस्तर बदल्दै समाजवाद निर्माणको आधार तयार हुनेछ । मौलिक ढंगले नेपाली विशेषतासहित एक्काइसौं शताब्दीको मोडेल समाजवादी क्रान्ति सम्पन्न हुनेछ । यसको निम्ति नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण अपरिहार्य भैसकेको छ ।

पहिलो, मालेमावाद समाज विज्ञान हो, जो धर्मसुत्र हैन, कार्यमा पथप्रदर्शक सिद्धान्तको भूमिका खेल्छ । भौतिक विज्ञानको पहिलो युगमा नयाँ आविष्कारकहरु मारिन्थे । एरिस्टोटल, कपर्नीकस र ग्यालिलियो ग्यालिलीहरु त्यसैका उदाहरण हुन् । भौतिक विज्ञानको दोस्रो युगमा नयाँ आविष्कारकहरु सम्मानित र प्रतिष्ठित मात्र होइन, राज्यका गहना हुन्छन् । न्युटन, जेम्सबाट, आइन्सटाइन र हकिंग यसका उदाहरणहरु हुन् । समाज विज्ञानको क्षेत्रमा नयाँ आविष्कारकहरु अहिले पनि मारिने चलन अन्त्य भएको छैन । दास युग र सामन्ती युग बेठिक र गलत छ, शोषणमूलक छ भन्नेहरु मारिए । पुँजीवादी युग खराब छ, जसले मजद्ररको खुन चुस्छ भन्नेहरु अहिले पनि मारिन्छन् । सत्य बोल्ने मान्छे मर्छ तर सत्य मर्दैन । मालेमावादलाई नेपाली धर्तीमा प्रयोग गर्नेहरु, विकास गर्नेहरु मारिए । तर यो विज्ञान मर्दैैन । बरु केही वर्षयता वैचारिक बहस मरेको जस्तो भएको छ । तर, विचार मरेको छैन । अब नयाँ विचार सम्प्रेषण गर्ने बेला भएको छ ।

नेपालमा मौलिक ढंगले १० वर्षीय जनयुद्व, शान्तिप्रकृया, संविधानसभा, संविधान निर्माण, व्यापक कम्युनिष्ट जनमत, कम्युनिष्टहरुकै करीब दुई तिहाइको सरकार बन्नुका पछाडि नयाँ विचारले काम गरेको छ । यो सबैको संश्लेषण गर्न जरुरी भएको छ । २६ सय वर्ष अगाडिका शान्तिका अग्रदूत गौतम बुद्धको शान्तिको सन्देशदेखि अहिलेको शान्ति प्रकृया र नयाँ संविधान निर्माणसम्मका ऐतिहासिक परिघटनाको सर्वोच्च संश्लेषण गरेर मात्र समाजवादी क्रान्तिको मार्गदर्शन गर्ने विचार बन्न सक्छ ।


दोस्रो, नेपालमा जनवादी क्रान्ति गर्न नयाँ जनवादका अगाडि या पछाडि धेरै फुर्काहरु झुण्ड्याएर मूर्तिकरण गर्ने कोशिसहरु भए । जस्तै, नयाँ जनवाद, नौलो जनवाद, जनताको बहुदलीय जनवाद, परिमार्जित नयाँ जनवाद, एक्काइसौँ शताव्दिको नयाँ जनवाद, जनताको जनवाद आदि आदि । तर नेपालमा नयाँ जनवादी क्रान्ति नितान्त भिन्न ढंगले पूँजीवादी जनवादी क्रान्तिका रुपमा सम्पन्न भयो ।

नेपाल अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छ । समाजवादको विशेषता र समाजवादी क्रान्तिको मोडलका बारेमा बहसहरु सुरु भएका छन् । प्रजातान्त्रिक समाजवाद, रुसी मोडेलको समाजवाद, चिनियाँ विशेषतासहितको समाजवाद, समावेशी समाजवाद, बहुदलीय समाजवाद आदि आदि । कस्तो समाजवाद र कसरी समाजवाद । यो आजको बहसको विषय हो । बहस कतै विचलित नहोस् भनेर कमरेड प्रचण्डले एक्काइसौं शताव्दीको वैज्ञानिक समाजवादको अवधारणा अगाडि सार्नुभएको छ । विगतका कम्युनिष्ट आन्दोलनभित्रका सबै धाराहरु केन्द्रित गर्दैै क्रान्तिको कार्यदिशालाई विकास गर्न आवश्यक भएको छ ।

तेस्रो, एक्काइसौं शताव्दिको वैज्ञानिक समाजवाद नेपाली क्रान्तिको रणनीति हो अर्थात यसलाई विशिष्ट कार्यनीति पनि भन्न सकिन्छ र कार्यनीतिले रणनीतिको सेवा गर्दछ । रणनीति समग्र हो भने कार्यनीति अंश हो । एक थाल भात रणनीति हो भने एक गास भात कार्यनीति हो । सही कार्यनीतिक श्रृंखलाले मात्र रणनीति प्राप्त हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सही कार्यान्वयन, जनताको जीवनस्तर उकास्ने गरी आर्थिक समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षा, दलीय प्रतिष्पर्धामा श्रेष्ठता कायम गर्दै समाजवाद निर्माणको आधार तयार पार्नु अहिलेका कार्यनीतिक श्रृंखला हुन् । उपरोक्त कार्यनीतिक श्रृंखलाहरुको एकीकृत कार्यान्वयनले नै समग्र रणनीतिक उद्देश्य पूरा गर्न सक्छ ।

चौथो, विगत लामो समयदेखिको राजनीतिक आन्दोलनले देशको व्यवस्था त परिवर्तन भयो तर जनताको अवस्थामा भने परिवर्तन ल्याउन सकेन । राज्यको पुर्नसंरचना भयो तर राजनीतिक पार्टीहरुमा पुर्नसंरचना भएन । तसर्थ अघि बढेको वस्तुस्थिति र पिछडिएको आत्मगत स्थितिबीच अन्तरविरोध छ । राज्यको पुर्नसंरचनासँगै राजनीतिक दलहरुको पुर्नसंरचना हुनुपथ्र्यो तर हुन सकेन । माओवादी केन्द्रले भर्खर पार्टीको पुर्नसंरचनाको अवधारणा अगाडि सारेको छ । यसले आगामी राष्ट्रिय सम्मेलनसम्म पूर्णता पाउने निश्चित छ ।

वर्गीय सर्वोच्चता कायम गर्दै दलीय प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्ने जनआधारित कार्यकर्ताहरुको पार्टी निर्माण गर्ने चुनौतीहरु खडा छन् । नेतृत्व र पूँजीमुखी कार्यकर्ता हैन, विचार र जनतामुखी कार्यकर्ता बनाउन ५० पूर्णांकको कार्यकर्ताद्धारा मूल्यांकन र ५० पूर्णांकको सम्बन्धित समितिद्धारा मूल्यांकनको विधि अपनाएर समग्र मूल्यांकन प्रणालीको विकास गर्ने । महिला, दलितलाई विशेषाधिकारसहित ३५ र १५ प्रतिशतको संख्यामा सबै कमिटिमा समावेश गराउने । १ मा ३ को सिद्धान्तअनुसार ४५ वर्ष उमेर समूह मानेर युवाहरुलाई सबै तहमा समावेश गर्ने ढोका खोल्ने । सिंगो पार्टी कमिटिहरुलाई विधि पद्धतिमा मात्र सञ्चालन गर्ने ।

 

पाचौं, सबभन्दा शक्तिशाली संस्कार हो । संस्कार सरकारभन्दा पनि बलियो हुन्छ । किनकि सरकार आवधिक हुन्छ, संस्कार स्थायी हुन्छ । संस्कार बदल्नु भनेको ठूलो चुनौतीको सामना गर्नु हो । साँस्कृतिक रुपान्तरण यतिबेलाको महत्वपूर्ण कार्यभार हो । सिंगो पार्टीको रुपान्तरण र सामूहिक संकल्पविना समाजको नेतृत्व गर्न सकिँदैन । समाजवादी क्रान्तिको नेतृत्व झन परको विषय हो । (लेखक माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य हुन् । ) साभार : अग्रिम साप्ताहिक

 

May be an image of text that says 'अगिम www.livedang.com विचार विमर्श सम्पादकीय... 2021 Monday) समाजवादको प्रसव वेदना हाजिर पाठकको आजदेखि हामीले दाडबाट समाजवादको रादिएर 'अग्रिम माओवादी कन्द्का साधना चलिरहेको तैनेतृत्व छ। ।यतिवे समाजमा हामी हामीले हाम्री समाजमा गछौं परम्परागत शैलीका समाचार त्यसका पाठकहरुमा अनुसन्धान अन्तराष्ट्रिय विश्वसनीयता विषयबस्तुहरु हामी समाचारहरु गर्नेछैनौ निकाय, सुधार दिनेछ्ौ विश्वसनीय समाचार कस्तोको भत्केका पत्रकारिता प्रतिबद्ध रहनेछौं। राष्ट्रियता, गणतन्त्र, अधिकार, सुशासन, स्वतन्त्रताका पक्षमा अग्रमोचीमा रहनेछा मुलकको सार्वभौमिकता हामी आवाजहिनहरुको बन्नेछौ त्यसकालागि हामीलाई मनागरिक, पाठकबर्ग, विज्ञापनदाता, आबश्यकप गरिरहनेछौं तपाईहरुको सहयोगको अपेक्षा'