बर्तमान समयमा साहित्य क्षेत्रमा सुप्रसिद्ध नाम हो –भवानी न्यौपाने ‘भावना’ । तुलसीपुर–६ निवासी उनी नेपाली साहित्यको श्रीबृद्धिमा अहोरात्र खटिरहेकी छिन् । उनी नेपालको स्थापित शाहित्यकार हुन् । पिता पवित्रराज न्यौपाने र माता विमला न्यौपानेकी जेष्ठ सुपुत्री भवनाीका एक दाजु र दुई बहिनीहरु छन् । उनका दुई छोराछोरी विवेक रेग्मी र बर्षा रेग्मी हुन् ।भवानी न्यौपाानेको साहित्यक यात्रामा सदैभ सहयोग गर्दै आफूहरु खाई नखाई घरमा एक्लै बसी भावनालाई साहित्यीक साहित्यीक यात्रामा कहिल्यै नरोकी बसेर पढ्ने ति कलिला हुनहार सन्तानप्रति भवना सदैव ऋणी भएको बताउछिन् । छोरा विवकेको सबैभन्दा महत्वपूर्ण योग्दान छ ।साहित्यमा भन्दै अतितका कुरा सम्झदै उनी कहिलेकाही भावुक हुन्छ्,ि पृय सन्तानको मातृवात्सल्यताले । विवेक र बर्षा हाल काठमाडौंमा पढिरहेका छन् भने आफू दाङमै स्थायी शिक्षकको रुपमा अध्यापन गर्दै आएकी छिन् । विद्यालयमा विद्यार्थीहरुको अत्यन्त प्रिय शिक्षकका रुपमा पनि रहेकी छिन् ।
उनी जुन विद्यालयमा जान्छिन त्यहाँ सबैभन्दा असल र प्रिय शिक्षक बन्न पुग्छिन् । उनी लामो समय मावि सेन्टर तुलसीपुरमा काम गरिन । त्यहाँबाट उनको मावि दोघरेमा सरुवा भयो । लाामो समयसम्म काम गरेको विद्यालयबाट सरुवा भएपछि उक्त विद्यालयका विद्यार्थीहरु अत्यन्त दुःखी भए । अहिले पनि मावि सेन्टरमा भावनाले पढाएका विद्यार्थीहरुले घरमा आएर हाम्रो स्कुलमा जानुपर्छ, भनेर भन्नु हुन्छ । आफूले पढाएका प्यारा विद्यार्थीहरु छोड्नु पर्दा निकै पीडा हुने गरेको उनी बताउछिन् । घर आँगणको विद्यालयमा अन्तरजिल्लाबाट ११ बर्ष अघि सरुवा भएर आएकी भवानीलाई हाल २० मिनेट लाग्ने विद्यालयमा सरुवा भएपछि धेरै जना दुःखी भएको उनी बताउछिन् ।
विद्यार्थीलाई असाध्य माया गर्दै पेशाप्रति निष्ठावान भावनालाई सरुवा भएर गएको हालको विद्यालयमा पनि विद्यार्थीहरुले निकै रुचाएका छन् ।
आफू जहाँ पुग्यो, त्यही भीड लााग्नु र जुन विद्यालय पुग्यो त्यहाँ सबैभन्दा प्यारो बन्नुको भनेको आफ्नो पेशाप्रति समर्पित भावना र बात्सल्यता नै रहेको उनी बताउछिन् ।
बिभिन्न दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गर्न सफल भावनाले तीनवटा अन्तराष्ट्रिय साहित्य सम्मान प्राप्त गरिसकेकी छिन् । साथै उनले केही समयपछि अर्को अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्न लागेको बताउछिन् । देशका बिभिन्न भुगोलबाट तीन दर्जन भन्दा बढि संघसंस्थाबाट पुरस्कृत एवं सम्मानित भएकी प्रसिद्ध साहित्यकार भावनाका तीन कृति ७ बर्ष अघि नै प्रकाशित भएका थिए । अब दुईवटा कृति प्रकाशनको तयारी रहेको उनी बताउछिन् । यो सवैको खुसी र गौरवको विषय भएको उनको भनाई छ ।
उनी दिनभर शिक्षण पेशामै व्यस्त हुन्छिन् । घर फर्किएपछि घरायसी काममा व्यस्त हुन्छिन् । त्यसपछि उनी साँझ सबै सुतिसकेपछि शाहित्य कोर्छिन । यसरी नै उनले आफ्नो जीवनलाई निकै व्यस्त बनाएकी छिन् । उनी भन्छिन्‘ म सधै व्यस्त हुन्छु, मलाई समयको निकै अभाब हुन्छ ।’
आफूलाई सधै व्यबस्त भएको मनपराउने भवानीले आफू खाली बसेको दिन कहिले नआउने बताउछिन । धेरै हप्ताभर व्यस्त भएर शनिबार फुर्सदमा आराम गर्नेहरु पनि हुन्छन् । तर, उनी शनिबार पनि बिभिन्न शाहित्यीक बैठक, सेमिनार, काब्यजोष्ठी, कार्यक्रममा व्यस्त हुँदै आईरहेकी छिन् ।‘मलाई सिंगो बर्ष–एक महिना, उक महिना–एक दिन, एक दिन– एक सेकेन्ड झै लाग्छन्’, उनले भनिन्‘मान्छेको जिन्दगी निक्कै छोटो रहेछ, म अहिले धार्मिक कार्यमा पनि उत्तिकै सक्रिय छु ।’
देशका हरेक जिल्लामा हुने सम्मेलन,सप्ताहमा उनलाई सबैले सम्झिने गर्छन् । उनलाई धार्मिक क्षेत्रमा पनि सम्मानित गरिरहेका हुन्छन् ।
उनी छन्द कबि हुन् । गद्यमा पनि उनको कलम उत्तिकै सशक्त छ । नेपाली छन्द कबिता, कथा, गजल, मुक्तक, यात्रा संस्मरण, हाइकु सबैमा उर्जाशिल कलम चलाउँदै आएकी भावनाका रचनाहरु वेलायत, भारतसहित नेपालका हरेक जिल्लाबाट प्रकाशित भइरहदा उनी नेपालकी साझा छोरी र अन्तराष्ट्रिय व्यक्तीत्वको रुपमा नेपाली समाजमा उज्यालो नक्षेत्रको रुपमा उदाईसकेकी छिन् । अत्यन्त दयालु र कोमल हृदयकी भावना अरुको दुःख देख्दा निकै दुःखी हुन्छिन् । उनले दुईजना जीवन भिक्षा माग्दै सडकको पेटीमा मुढो झै लडेका उचेत अबस्थाका विरामीलाई औषधी उपचार गरी बचाएर घर पठाएकी छन् । ति दुई मध्ये काठमाडौं बौध बस्ने केदार शर्मा र काभ्रेपलाञ्चोककी सारदा माझी हुन् । साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । १९ आश्विन २०७८, मंगलवार २१:४४ बजे